

हेलिकप्टरमार्फत सुत्केरीको आपतकालीन उद्धार : बाजुराबाट सुर्खेतसम्म जीवनरक्षा
बाजुरा — दुर्गम हिमाली जिल्ला बाजुरामा जटिल अवस्थामा परेकी एक सुत्केरी महिलाको नेपाली सेनाको हेलिकप्टरमार्फत आपतकालीन उद्धार गरिएको छ। बुढीनन्दा नगरपालिका–१०, पाण्डुसैनकी २८ वर्षीया सनिता ल्वारलाई बिहीबार सुत्केरी व्यथा लागेपछि जिल्ला अस्पताल बाजुरामा भर्ना गरिएको थियो।
सुत्केरी गराइसकेपछि पनि अत्यधिक रक्तस्राव हुनुका साथै बच्चाको शाल (प्लासेण्टा) सम्बन्धी समस्या देखिएपछि उनको अवस्था जटिल बन्दै गएको थियो। तत्काल उच्चस्तरीय उपचार आवश्यक देखिएपछि उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत प्रादेशिक अस्पताल पठाइएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए।
उक्त उद्धार राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत गरिएको हो। ग्रामीण तथा दुर्गम क्षेत्रका गर्भवती र सुत्केरी महिलाहरूको ज्यान जोगाउने उद्देश्यले सञ्चालनमा ल्याइएको यस कार्यक्रमले पछिल्लो समय धेरै महिलाको जीवनरक्षा गर्दै आएको छ।
यो कार्यक्रम द्वारा २०७३ फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा औपचारिक रूपमा शुभारम्भ गरिएको थियो। दुर्गम भेगमा स्वास्थ्य सेवा पहुँच सीमित रहेका अवस्थामा यस्ता हवाई उद्धारले मातृ मृत्युदर न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्याइरहेको छ।
स्थानीय बासिन्दाहरूले समयमै गरिएको उद्धारप्रति खुसी व्यक्त गर्दै यस्तो सेवा अझ प्रभावकारी बनाउँदै निरन्तरता दिनुपर्ने माग गरेका छन्।
समाज
थप सामाग्री-
सामाजिक सञ्जाल दर्ता नहुँदा साइबर अपराध नियन्त्रणमा चुनौती : आईजीपी कार्की
-
एसएसपी राठौरद्वारा डिल्लीबजार कारागार निरीक्षण: मानव अधिकार र सुरक्षा व्यवस्थामा जोड
-
राजनीतिक आडमा हुने गुण्डागर्दीविरुद्ध प्रहरीको ‘जिरो टोलरेन्स’ : आईजीपी कार्कीको कडा निर्देशन
-
प्रहरी महानिरीक्षक कार्की र एआईजी चतुर्बेदीद्वारा भर्चुअल सम्मेलनमार्फत मातहत कार्यालय प्रमुखहरूलाई निर्देशन
-
आज वैशाख १० गते बिहिबार,यस्तो छ तपाईको राशिफल
डिआईजी ओम अधिकारीद्वारा महाराजगञ्जस्थित सुरक्षा निकायहरूको निरीक्षण, उच्च सतर्कतामा रहन निर्देशन
१५ घण्टा अगाडि
1.9kViews 204 Shares Share on Facebook Share on Twitter काठमाडौं। काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डिआईजी) ओम अधिकारीले…



