

मधेश प्रदेश प्रहरीद्वारा भ्रामक समाचारको खण्डन, डीआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप
काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
बिहीबार प्रदेश प्रहरीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कमल थापाले जारी गरेको प्रेस विज्ञप्तिमा प्रहरी जवान रोशन यादवसम्बन्धी समाचार तथा प्रदेश प्रहरी प्रमुख (डीआईजी) गोविन्द थपलियाविरुद्ध गरिएका टिप्पणीहरूको खण्डन गरिएको छ।
प्रहरीका अनुसार पछिल्लो समय डीआईजी थपलियालाई लक्षित गरी योजनाबद्ध रूपमा बदनाम गर्ने प्रयास भइरहेको छ। विज्ञप्तिमा माफिया, बिचौलिया, तस्कर तथा केही असन्तुष्ट तत्वहरू मिलेर प्रहरी नेतृत्वलाई कमजोर बनाउने र आफ्नो स्वार्थअनुसार वातावरण सिर्जना गर्ने प्रयासमा सक्रिय रहेको उल्लेख गरिएको छ।
प्रहरीले सीमा क्षेत्रमा कडाइ गरेपछि अवैध गतिविधिमा संलग्न समूहहरू आत्तिएको र त्यसकै परिणामस्वरूप प्रहरीविरुद्ध दुष्प्रचार भइरहेको दाबी गरेको छ। डीआईजी थपलियाले मातहतका निकायलाई तस्करी नियन्त्रण, अपराध नियन्त्रण र शान्ति सुरक्षा सुदृढ बनाउन कडा निर्देशन दिएपछि यस्ता समूहहरूको चलखेल प्रभावित भएको प्रहरीको भनाइ छ।
विज्ञप्तिमा वरिष्ठ सई सागरशम्शेर राणासम्बन्धी विवाद पनि उल्लेख गरिएको छ। प्रहरीका अनुसार उनीमाथि उठेका आरोपहरूको अनुसन्धान भइरहेको र सामाजिक सञ्जालमा आएका अडियो–भिडियो सामग्रीहरू समेत परीक्षणको दायरामा रहेको जनाइएको छ।
प्रहरी जवान रोशन यादवको घटनाबारे स्पष्ट पार्दै प्रहरीले भनेको छ कि उनलाई नियमित प्रशासनिक प्रक्रियाअनुसार स्पष्टीकरणका लागि बोलाइएको थियो। तर, उनले स्पष्टीकरण पत्र नबुझी कार्यालयबाट बाहिरिएको र त्यसपछि विभिन्न सञ्चार माध्यममा ‘कार्यकक्षमै आत्महत्याको प्रयास’ जस्ता भ्रामक समाचार प्रकाशित भएको जनाएको छ। यस्तो कुनै घटना कार्यालय परिसरभित्र नभएको प्रहरीले स्पष्ट पारेको छ।
प्रहरीले सम्बन्धित घटनासँग जोडिएको सीसीटीभी फुटेजसमेत सुरक्षित राखिएको जानकारी दिँदै तथ्यहीन समाचार सम्प्रेषण नगर्न सञ्चार माध्यमहरूलाई आग्रह गरेको छ।
त्यस्तै, केही व्यक्तिहरूले डीआईजी थपलियाको नाम प्रयोग गरी व्यापारीहरूसँग रकम असुली गरेको भन्दै सार्वजनिक भएका अडियो सामग्रीहरू बनावटी भएको प्रहरीको दाबी छ। सो घटनामा संलग्न भनिएका व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।
मधेश प्रदेश प्रहरी कार्यालयले पत्रकारिता गर्दा न्यूनतम आचारसंहिता पालना गरी प्रमाणमा आधारित सूचना मात्र प्रकाशन गर्न आग्रह गर्दै भ्रामक समाचारले सुरक्षा निकायको मनोबल कमजोर पार्ने चेतावनी दिएको छ।
समाज
थप सामाग्री-
थापाथली क्षेत्रका चालिस प्रतिशत घरटहरा हटाइयो
-
थापाथली बस्ती हटाउँदा घरवारविहीन १३ जनालाई सुन्दरीघाटस्थित आश्रयमा व्यवस्थापन
-
थापाथलीमा सुकुमबासी बस्ती हटाउने अभियान सुरु, अवरोध आशंकामा ३ जना पक्राउ
-
थापाथलीमा सुकुम्बासी बस्ती हटाउन सुरु, डोजरसँगै सुरक्षा कडाइ
-
मधेश प्रदेश प्रहरीद्वारा भ्रामक समाचारको खण्डन, डीआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप
भ्रामक समाचारप्रति मधेश प्रदेश प्रहरीको आपत्ति, डीआईजी थपलियाविरुद्धको दुष्प्रचार खण्डन
१९ घण्टा अगाडि
4.6kViews 448 Shares Share on Facebook Share on Twitter काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन तथा कर्मचारीको…



