

बाँकेमा चैते धानखेती घट्दै, किसानको आकर्षण किन बढेन?
बाँके — सिक्टा सिँचाइ आयोजनाले नहरमा पर्याप्त पानी उपलब्ध गराए पनि बाँकेमा चैते धानखेतीतर्फ किसानको आकर्षण बढ्न सकेको छैन।
गहुँ भित्र्याएपछि खाली जमिनको सदुपयोगका लागि उपयुक्त मानिने चैते धानखेती व्यावसायिक रूपमा विस्तार हुन नसकेको कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी एवं वरिष्ठ बागवानी विकास अधिकृत सन्तोष पाठकले बताए। उनका अनुसार केही वर्षअघि करिब ३० हेक्टरमा सीमित रहेको चैते धानखेती अहिले घटेर १८ हेक्टरमा झरेको छ।
बाँकेको राप्तीसोनारी, बैजनाथ, खजुरा र जानकी गाउँपालिकामा सीमित किसानले मात्र हाल चैते धानखेती गर्दै आएका छन्। संघीय सरकारले चैते धान प्रवर्द्धनका लागि स्थानीय तहमार्फत विभिन्न सहयोग कार्यक्रम सञ्चालन गरिरहेको भए पनि अपेक्षित विस्तार हुन नसकेको बताइएको छ। सो योजनाअनुसार जानकी र खजुरा गाउँपालिकाले किसानलाई प्रोत्साहन कार्यक्रम सुरु गरेको सूचना अधिकारी पाठकले जानकारी दिए।
उत्पादनका हिसाबले चैते धान बर्खे धानभन्दा बढी उत्पादक देखिएको छ। बर्खे धानको उत्पादकत्व प्रतिहेक्टर ४.४ टन हुँदा चैते धानको उत्पादन क्षमता ४.६५ टन प्रतिहेक्टर रहेको तथ्यांक छ।
तर, उत्पादन बढी भए पनि स्याहार्ने समयमा पर्ने वर्षाका कारण हुने क्षति र व्यवस्थापनको चुनौतीले किसानलाई निरुत्साहित गरेको खजुरा गाउँपालिका–१ राधापुरका किसान मगनसिंह थापाले बताए। उनका अनुसार सिँचाइ, बीउ, प्राविधिक सहयोग तथा धान सुकाउन ड्राइ मेसिन र त्रिपालजस्ता सामग्रीमा अनुदान उपलब्ध भए चैते धानखेतीप्रति किसानको आकर्षण बढ्न सक्छ।
सिक्टा सिँचाइ आयोजनाले नहरमार्फत पानी उपलब्ध गराएपछि हालसम्म करिब २४ हजार हेक्टर जमिनमा प्रत्यक्ष सिँचाइ सुविधा पुगेको छ। आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म यो उपलब्धि हासिल भएको हो।
सिँचाइ सुविधा नपुगेका क्षेत्रका लागि कृषि ज्ञान केन्द्रले सहकारी तथा कृषक समूहलाई ५० प्रतिशत अनुदानमा बोरिङ वितरण गर्दै सिँचाइ विस्तारको प्रयास गरिरहेको पनि सूचना अधिकारी पाठकले बताए।
समाज
थप सामाग्री-
कक्षा १२ परीक्षार्थीलाई आईजीपी दानबहादुर कार्कीको शुभकामना: ‘राष्ट्रसेवामा समर्पित युवा शक्तिको प्रतीक्षा’
-
सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन देशभर अभियान तीव्र, बुटवल र पर्सामा ठूलो मात्रामा संरचना हटाइयो
-
रुस–उत्तर कोरिया सैन्य सम्बन्ध अझ गहिरिँदै, युक्रेन युद्धपछि सहकार्य नयाँ चरणमा
-
लगातार वर्षाले बिपी राजमार्ग अवरुद्ध, डाइभर्सन निर्माण जारी
-
वर्षाका बीच पनि बाराको इस्लामिक इस्तिमा शान्तिपूर्ण रूपमा जारी, धार्मिक सहिष्णुताको उदाहरण
कक्षा १२ परीक्षाअघि शिक्षामन्त्री सस्मित पोखरेलको शुभकामना : “आत्मविश्वासका साथ परीक्षा दिनुहोस्”
५ घण्टा अगाडि
2.0kViews 398 Shares Share on Facebook Share on Twitter काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा सुरु हुनुअघि शिक्षामन्त्री सस्मित…



