

ट्रक र कार ठोक्किँदा एक जनाको मृत्यु
नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यबिन्दु नगरपालिका–७ हरियाली जङ्गल क्षेत्रमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दुम्किबासबाट कावासोतीतर्फ आउँदै गरेको लु१ख ९५८० नम्बरको चामल बोकेको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको ग.प्र.०१–००१ च ०४७४ नम्बरको कार आज ठोक्किएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले बताए । दुर्घटनामा कार चालक अन्दाजी ३५ वर्षीय पुरुषको टाउकोमा गम्भीर चोट लागेको अवस्थामा ट्रक चालकले नै उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल, डण्डा पुर्याएकामा उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । मृतकको नाम, थर भने खुल्न नसकेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए । दुर्घटनामा संलग्न दुवै सवारीसाधन घटनास्थलमै छन् भने प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
२४ घण्टा अगाडि
1.5kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



