

भैरहवामा क्यासिनोमा छापा : म्यानेजरसहित १९ नेपाली पक्राउ
रुपन्देही — भैरहवास्थित रोयल कालिङ्गा क्यासिनोमा प्रहरीले छापा मारेर म्यानेजरसहित १९ जना नेपालीलाई पक्राउ गरेको छ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिक रहेको गौतमबुद्ध इन्टरनेसनल होटल भित्र सञ्चालनमा रहेको उक्त क्यासिनोमा नेपाली नागरिकको अवैध प्रवेश र जुवा खेल भइरहेको सूचनाका आधारमा संयुक्त प्रहरी टोलीले मंगलबार राति छापा मारेको हो।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले सिद्धार्थनगर नगरपालिका–१० मा रहेको क्यासिनोमा चेकजाँच गर्दा जुवा खेलाउने ४ जना र खेल्ने १५ जनासहित १९ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेकाहरुको साथबाट नगद ९५ हजार ५ सय रुपैयाँ, १७ थान मोबाइल फोन र २ सय थान क्यासिनो क्वाइन बरामद गरिएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी कृष्णकुमार चन्दका अनुसार पक्राउ परेकामध्ये १५ जना रुपन्देहीका रहेका छन् भने बाँकी काठमाडौँ, ललितपुर, गुल्मी र पर्साका एक–एक जना छन्।
पक्राउ परेकामाथि जुवा सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
२२ घण्टा अगाडि
1.5kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



