

वडाध्यक्ष दत्तबहादुर बुढा जबरजस्ती करणी आरोपमा पक्राउ, पाँच दिनको म्याद थप गरी अनुसन्धान जारी
सुर्खेत — जुम्लामा जबरजस्ती करणीको आरोपमा एक वडाध्यक्ष पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पातारासी गाउँपालिका–५ का वडाध्यक्ष दत्तबहादुर बुढा रहेका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक रबिनबाबु रेग्मीका अनुसार बुधबार एक २६ वर्षीया महिलाले दिएको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार उजुरीपछि प्रारम्भिक अनुसन्धान अघि बढाइएको छ। डीएसपी रेग्मीले घटनाबारे थप अनुसन्धान जारी रहेको जानकारी दिँदै भने, “महिला अविवाहित हुन् भने वडाध्यक्ष विवाहित हुन्।”
पक्राउ परेका बुढालाई अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घटनासम्बन्धी विस्तृत विवरण अनुसन्धानपछि मात्रै सार्वजनिक गरिने प्रहरीको भनाइ छ।
समाज
थप सामाग्री-
बागमती प्रदेशमा भाषा दिवसको अवसरमा सार्वजनिक बिदा, वैशाख २४ गते प्रदेशभर बिदा लागू
-
लिपुलेकसम्बन्धी भारत–चीन व्यापारिक सहमतिप्रति नेपाल असहमति, कूटनीतिक पहल अघि बढाइएको रास्वपाको दाबी
-
भिजिट भिसाको आवरणमा बढ्दो मानव तस्करी : राज्य कहिले गम्भीर बन्छ ?
-
अनुमतिविनै वैदेशिक रोजगारीको धन्दा चलाउने कन्सल्ट्यान्सीमा सिल
-
आज बैशाख २४ गते बिहिबार, यस्तो छ तपाईको राशिफल
आज बैशाख २३ गते बुधबार,यस्तो छ तपाईको राशिफल
१ दिन अगाडि
1.9kViews 474 Shares Share on Facebook Share on Twitter मेष- चिताएको काममा सफलता नमिल्न सक्छ । साथीभाइसँग मनमुटाव हुन सक्छ ।…



