

सुनको मूल्यमा सामान्य गिरावट, चाँदीमा भने वृद्धि
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्यमा वृद्धि देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य अघिल्लो कारोबारको तुलनामा प्रतितोला १ हजार रुपैयाँले घटेको हो। महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ९ सय रुपैयाँ तोकेको छ। यसअघि वैशाख २५ गते सुन प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५६ हजार २ सय ६० रुपैयाँ कायम गरिएको छ।
सुनको मूल्य घटेको भए पनि चाँदीको मूल्य भने सामान्य रूपमा बढेको छ। वैशाख २५ गते प्रतितोला ५ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर प्रतितोला ५ हजार ३ सय रुपैयाँ पुगेको छ। १० ग्राम चाँदीको मूल्य आज ४ हजार ५ सय ४४ रुपैयाँ रहेको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य उतारचढावका आधारमा नेपालमा दैनिक रूपमा सुनचाँदीको मूल्य निर्धारण हुँदै आएको छ।
समाज
थप सामाग्री-
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
-
वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला
-
२४ घण्टामा २ हजार ५१९ चालक कारबाहीमा, करिब १९ लाख राजस्व संकलन
-
बुटवलको सैनामैना फार्मेसीमा नक्कली तथा प्रतिबन्धित औषधी आशङ्कामा प्रहरी छापा, शङ्कास्पद औषधी बरामद
-
आजको मौसम पूर्वानुमान: केही प्रदेशमा वर्षा, कतै तातो लहरको सम्भावना
आज असार ११ गते बिहिबार, यस्तो छ तपाईंको राशिफल
५ घण्टा अगाडि
2.4kViews 312 Shares Share on Facebook Share on Twitter मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नोकरी…





