

लागुऔषध कारोबारको विवादमा पोखरामा ग्याङ फाइट, एक महिलासहित ६ पक्राउ
पोखरा । पोखराको बागलुङ बसपार्क क्षेत्रमा गत वैशाख २२ गते राति भएको ग्याङ फाइट प्रकरणमा प्रहरीले एक महिलासहित ६ जनालाई पक्राउ गरेको छ।
सामाजिक सञ्जालमा घटनाको भिडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरको संयुक्त टोलीले घटनाबारे अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा प्रहरीले वैशाख २६ गते पोखराका विभिन्न स्थानबाट संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ पर्नेहरूमा पोखरा–१३ बाझापाटनका २७ वर्षीय सुजन आले मगर, २३ वर्षीय राजेश परियार, गोरखा घर भई सोही स्थानमा बस्दै आएका ३० वर्षीय दिलेराम गुरुङ उर्फ ‘दिपेश’ रहेका छन्। यस्तै, बागलुङ बसपार्क क्षेत्रमा बस्दै आएका १८ वर्षीय सुजन तामाङ, २५ वर्षीय राजकुमार तामाङ तथा २० वर्षीया लिजा पुन पनि पक्राउ परेका छन्।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार समूहबीचको विवाद लागुऔषध कारोबारसँग सम्बन्धित रहेको खुलेको छ। घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरीबहादुर वस्नेतका अनुसार पक्राउ परेकामाथि थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको छ।
समाज
थप सामाग्री-
नेपालमा मृत्युको पनि वर्ग र जात छुट्याइँदो रहेछ: खुश्बु ओली
-
सीमा नाकामा सशस्त्रको सफलता : मोरङबाट २० लाख भारतीय रुपैयाँ बरामद, तस्कर फरार
-
त्रिभुवन विमानस्थलमा टर्किस एयरलाइन्सको जहाजको पाङ्ग्रामा आगो, सबै यात्रु सुरक्षित
-
गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरामा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको अवलोकन भ्रमण
-
स्वीप अपरेसनमा रुपन्देहीबाट ११ जना पक्राउ, मोडिफाई मोटरसाइकल बरामद
नेपालबाट हज यात्रामा जाने १ हजार २११ हाजीलाई भव्य बिदाइ, पवित्र यात्राको सफलताको कामना
११ घण्टा अगाडि
1.7kViews 218 Shares Share on Facebook Share on Twitter काठमाडौं । इस्लाम धर्मावलम्बीहरूको महान धार्मिक यात्राका रूपमा चिनिने पवित्र हजका…



