नेपालमा मृत्युको पनि वर्ग र जात छुट्याइँदो रहेछ: खुश्बु ओली

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्बु ओलीले सुकुम्बासी बस्तीमा डोजर प्रयोग गरिएको घटनाप्रति असन्तुष्टि जनाउँदै सरकार र राष्ट्रिय स्वतन्त्र पार्टीको भूमिकामाथि प्रश्न उठाएकी छन्।

प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै उनले बस्ती भत्काइसकेपछि मात्रै डोजर रोक्न आग्रह गर्नु औपचारिकता मात्र भएको टिप्पणी गरिन्। वर्षौँको मेहनतले बनाएको आश्रय गुमाएपछि दुई जना गरिब नागरिक आत्मदाह गर्न बाध्य भएको उल्लेख गर्दै उनले सरकार संवेदनहीन बनेको आरोप लगाइन्।

उनले पीडितहरूको मृत्युमा समेत राज्य मौन बसेको भन्दै “नेपालमा मृत्युको पनि वर्ग र जात छुट्याइँदो रहेछ” भन्ने धारणा व्यक्त गरिन्। विगतमा जनताको जीवनलाई सबैभन्दा महत्वपूर्ण भन्ने नेताहरूले आज खोला किनारमा बस्ने गरिबको अस्तित्वलाई बेवास्ता गरेको उनको आरोप थियो।

सुकुम्बासी व्यवस्थापनको नाममा गरिएको कदमलाई उनले मानवीय संवेदनाको गम्भीर कमजोरीको संज्ञा दिँदै उचित विकल्पबिना गरिएको विस्थापन अमानवीय भएको बताइन्। घर भत्काउनु अघि पर्याप्त समय र पुनःस्थापनाको व्यवस्था गर्नुपर्ने माग गर्दा आफूहरूलाई आलोचना गरिएको तर अहिले सरकारले मात्र तथ्यांक संकलनको कुरा गर्नु विडम्बनापूर्ण भएको उनको भनाइ थियो।

साथै, उनले सरकारले कानुनी शासनभन्दा इच्छाअनुसार शासन चलाइरहेको टिप्पणी गर्दै संसदलाई कमजोर बनाउने गरी अध्यादेशमार्फत निर्णय लिने प्रवृत्तिको समेत विरोध गरिन् ।

Facebook Comments Box
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
२ दिन अगाडि

1.3kViews 187 Shares Share on Facebook Share on Twitter रुपन्देही । नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले…

TOP
493 Shares