

“घण्टीले घर भत्कायो, अब घरै छैन” — दुर्गा प्रसाईँको कटाक्ष
काठमाडौं । व्यवसायी तथा अभियन्ता ले पछिल्लो राजनीतिक अवस्था र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको मतदान प्रवृत्तिलाई लिएर व्यंग्यात्मक टिप्पणी गरेका छन्।
एक सार्वजनिक अभिव्यक्तिमा उनले विगतको निर्वाचनमा विदेशमा रहेका युवाहरूले आफ्ना परिवारलाई नयाँ शक्तिका पक्षमा मतदान गर्न दबाब दिएको प्रसंग सुनाउँदै अहिले परिस्थिति उल्टिएको दाबी गरे।
प्रसाईँले भने,
“पहिले विदेशमा बस्ने साथीहरूले आमालाई फोन गरेर ‘आमा, घण्टीलाई भोट हाल्नु, हैन भने हामी घरमै आउँदैनौँ’ भन्थे। अहिले फेरि ठ्याक्कै उल्टो भएछ। अब आमाहरूले भन्न थालेछन्, ‘बाबु, अब घरमा आउनै पर्दैन, तैँले घण्टीलाई भोट हालिस्, घण्टीले घर भत्काइदियो। घरै छैन, अब के आउँछस् ?’”
उनको यो अभिव्यक्तिलाई वर्तमान राजनीतिक परिवर्तन, जनअपेक्षा र वैदेशिक नेपालीहरूको भूमिकामाथिको तीखो व्यंग्यका रूपमा हेरिएको छ। सामाजिक सञ्जालमा समेत उक्त भनाइ व्यापक रूपमा चर्चामा आएको छ।
समाज
थप सामाग्री-
`मृत्युको सडक’ विरुद्ध महाअभियान : व्यवहार परिवर्तन नै मुख्य चुनौती
-
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
-
आज असार ३ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
१ दिन अगाडि
2.1kViews 351 Shares Share on Facebook Share on Twitter मेष- आज तपाईंको आर्थिक पक्ष बलियो बन्ने संकेत देखिन्छ । आम्दानीका नयाँ…



