

गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरामा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको अवलोकन भ्रमण
पोखरा । नेपाल प्रहरी संगठनका प्रमुख दानबहादुर कार्कीले हिजो (आइतबार ) गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र, पोखराको अवलोकन भ्रमण गर्नुभएको छ।
मिति २०८३ वैशाख २७ गते सम्पन्न उक्त भ्रमणका क्रममा प्रहरी महानिरीक्षक कार्कीले तालिम केन्द्रको समग्र अवस्थाबारे निरीक्षण गर्नुका साथै केन्द्र परिसरमा वृक्षारोपण समेत गर्नुभएको थियो। उहाँले तालिम केन्द्रको भौतिक संरचना, प्रशिक्षण प्रणाली, अनुशासन तथा प्रहरी जनशक्तिको कार्यसम्पादन अवस्थाबारे जानकारी लिनुभएको बताइएको छ।
भ्रमणकै अवसरमा प्रहरी महानिरीक्षक कार्कीले प्रहरी कर्मचारीहरू तथा तालिमरत प्रशिक्षार्थीहरूलाई सम्बोधन गर्दै संगठनभित्र अनुशासन, इमान्दारिता, व्यावसायिक दक्षता र नागरिकमैत्री सेवाको महत्त्वबारे विशेष निर्देशन दिनुभयो। उहाँले नेपाल प्रहरीलाई अझ प्रभावकारी, जिम्मेवार र जनविश्वासयुक्त संस्था बनाउन प्रत्येक प्रहरी कर्मचारीले आफ्नो भूमिकालाई उच्च जिम्मेवारीका साथ निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।
उहाँले बदलिँदो सुरक्षा चुनौतीसँग सामना गर्न आधुनिक तथा व्यवहारिक तालिम अपरिहार्य रहेको उल्लेख गर्दै प्रशिक्षार्थीहरूलाई कर्तव्यनिष्ठ, सेवाभावी र मानवअधिकारप्रति संवेदनशील प्रहरीका रूपमा विकसित हुन आग्रह गर्नुभयो।
प्रहरी महानिरीक्षकको भ्रमणले तालिम केन्द्रका प्रहरी कर्मचारी तथा प्रशिक्षार्थीहरूमा थप उत्साह र प्रेरणा थपिएको केन्द्रले जनाएको छ।
समाज
थप सामाग्री-
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
-
आज असार ३ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
२ दिन अगाडि
1.3kViews 187 Shares Share on Facebook Share on Twitter रुपन्देही । नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले…



