

धनुषामा यात्रुवाहक बस दुर्घटना : चालकसहित १७ जना घाइते
धनुषा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनुषाको मिथिला नगरपालिका–९ स्थित फुटबल ग्राउण्ड नजिक आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार काठमाडौँबाट विराटनगरतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको बस अर्को बसलाई उछिन्ने क्रममा अनियन्त्रित भई सडकमा पल्टिएको हो । दुर्घटनाका बेला बसमा ३३ जना यात्रु सवार रहेका थिए ।
दुर्घटनामा घाइते भएका सबैलाई तत्काल उद्धार गरी लालगढस्थित मोडल अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ । घाइतेमध्ये अधिकांशको अवस्था सामान्यदेखि मध्यम रहेको बताइएको छ ।
घटनापछि केही समय सडक क्षेत्रमा आवागमन प्रभावित बनेको थियो । प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।
समाज
थप सामाग्री-
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
-
आज असार ३ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
२ दिन अगाडि
1.3kViews 187 Shares Share on Facebook Share on Twitter रुपन्देही । नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले…



