

पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लङ्घन गर्ने ३१ चालकको लाइसेन्स निलम्बन प्रक्रियामा
काठमाडौँ । ट्राफिक नियम बारम्बार उल्लङ्घन गर्ने सवारी चालकविरुद्ध उपत्यका ट्राफिक प्रहरीले कडा कदम चाल्न थालेको छ । ट्राफिक प्रहरीले एउटै कसुरमा पाँच पटकभन्दा बढी कारबाहीमा परेका ३१ जना चालकको लाइसेन्स निलम्बन गर्न यातायात व्यवस्था कार्यालयमा पत्राचार गरेको जनाएको छ ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी ले पटक–पटक नियम उल्लङ्घन गर्ने चालकलाई अब सामान्य जरिवानामै सीमित नराखी लाइसेन्स निलम्बनसम्मको कारबाही अघि बढाइएको जानकारी दिए ।
उनका अनुसार ट्राफिक नियम पालना गराउने, दुर्घटना न्यूनीकरण गर्ने तथा सडक अनुशासन कायम गर्ने उद्देश्यले यस्तो कदम चालिएको हो । पछिल्लो समय सवारी चालकहरूले ट्राफिक नियमलाई बेवास्ता गर्दै दोहोर्याएर उल्लङ्घन गर्ने प्रवृत्ति बढेपछि प्रहरीले निगरानी थप कडा बनाएको जनाएको छ ।
यस्तै, सार्वजनिक यातायातका साधनमा सीसीटीभी क्यामेरा अनिवार्य गरिएको पनि प्रहरीले जनाएको छ । यात्रुको सुरक्षा, आपराधिक गतिविधि नियन्त्रण तथा दुर्घटना सम्बन्धी अनुसन्धानलाई प्रभावकारी बनाउन सार्वजनिक सवारीमा सीसीटीभी जडानलाई अनिवार्य गरिएको ट्राफिक प्रहरीको भनाइ छ ।
प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई अब कडा निगरानी र कडाभन्दा कडा कारबाही गरिने चेतावनी समेत दिएको छ ।
समाज
थप सामाग्री-
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
-
आज असार ३ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
२ दिन अगाडि
1.3kViews 187 Shares Share on Facebook Share on Twitter रुपन्देही । नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले…



