स्वीप अपरेसनमा रुपन्देहीबाट ११ जना पक्राउ, मोडिफाई मोटरसाइकल बरामद

रुपन्देही । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सार्वजनिक शान्ति सुव्यवस्थामा खलल पुर्‍याएको आरोपमा ११ जनालाई नियन्त्रणमा लिएको छ। जिल्लाका विभिन्न क्षेत्रमा सञ्चालन गरिएको विशेष ‘स्वीप अपरेसन’का क्रममा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी युनिटबाट खटिएको टोलीले शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरूमाथि निगरानी गर्दै कारबाही अघि बढाएको हो। प्रहरीले पक्राउ परेकाहरूको साथबाट मोडिफाई गरिएका मोटरसाइकलहरू समेत बरामद गरेको जनाएको छ।

पक्राउ पर्नेहरूमा सैनामैना नगरपालिका–८ बाँसगढीका बिपिन परियार, सम्मरीमाई गाउँपालिका–६ नगौलियाका कृष्ण गुप्ता, कुसदेव यादव र पवन गुप्ता रहेका छन्। त्यस्तै भारत महाराजगञ्ज जिल्ला थाना नवतुना अड्डाबजार निवासी भारतीय नागरिक सुदिप कुर्मीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैगरी सिद्धार्थनगर नगरपालिका–९ का दिलिप कुर्मी, रोजन बोहोरा क्षेत्री र विजय राजभर, वडा नं. १२ का प्रतियुष बस्याल तथा वडा नं. ६ का सुमिद्र राणा पक्राउ परेका छन्। मायादेवी गाउँपालिका–८ का आयुथ पौडेललाई समेत प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी कृष्ण कुमार चन्दका अनुसार पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ। जिल्लामा शान्ति सुरक्षा कायम राख्न यस्ता विशेष अपरेसनलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ।

Facebook Comments Box
नेपालबाट हज यात्रामा जाने १ हजार २११ हाजीलाई भव्य बिदाइ, पवित्र यात्राको सफलताको कामना
१२ घण्टा अगाडि

1.7kViews 218 Shares Share on Facebook Share on Twitter काठमाडौं । इस्लाम धर्मावलम्बीहरूको महान धार्मिक यात्राका रूपमा चिनिने पवित्र हजका…

TOP
295 Shares