

त्रिभुवन विमानस्थलमा टर्किस एयरलाइन्सको जहाजको पाङ्ग्रामा आगो, सबै यात्रु सुरक्षित
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा टर्किस एयरलाइन्सको एक यात्रुवाहक जहाजको पाङ्ग्रामा आगो देखिएपछि केहीबेर तनावपूर्ण स्थिति बनेको छ। बिहान करिब पौने ७ बजे स्तानबुलबाट आएको उक्त जहाज अवतरण गर्ने क्रममा पाङ्ग्रामा आगो देखिएको विमानस्थल स्रोतले जनाएको छ।
आगो देखिएलगत्तै विमानस्थलमा खटिएको दमकल टोलीले तत्कालै नियन्त्रणमा लिएर निभाएको थियो। सम्भावित जोखिमलाई मध्यनजर गर्दै जहाजमा रहेका यात्रुहरूलाई आपतकालीन ढोका (इमर्जेन्सी एग्जिट) प्रयोग गरी सुरक्षित रूपमा बाहिर निकालिएको हो।
विमानस्थल सुरक्षा स्रोतका अनुसार घटनामा कुनै पनि यात्रु वा चालक दलका सदस्यलाई चोटपटक नलागेको र सबै जना सकुशल रहेका छन्।
हाल जहाजमा आगो लाग्नुको कारण र प्राविधिक अवस्थाबारे विस्तृत अनुसन्धान भइरहेको विमानस्थल कार्यालयले जनाएको छ। प्रारम्भिक रूपमा अवतरणको क्रममा भएको यान्त्रिक समस्या हुन सक्ने आशंका गरिएको छ, तर यसको आधिकारिक पुष्टि भइसकेको छैन।
यस घटनापछि विमानस्थलको नियमित उडान–अवतरण सेवा भने केहीबेर प्रभावित भएको थियो।
समाज
थप सामाग्री-
नेपालमा मृत्युको पनि वर्ग र जात छुट्याइँदो रहेछ: खुश्बु ओली
-
सीमा नाकामा सशस्त्रको सफलता : मोरङबाट २० लाख भारतीय रुपैयाँ बरामद, तस्कर फरार
-
त्रिभुवन विमानस्थलमा टर्किस एयरलाइन्सको जहाजको पाङ्ग्रामा आगो, सबै यात्रु सुरक्षित
-
गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरामा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको अवलोकन भ्रमण
-
स्वीप अपरेसनमा रुपन्देहीबाट ११ जना पक्राउ, मोडिफाई मोटरसाइकल बरामद
नेपालबाट हज यात्रामा जाने १ हजार २११ हाजीलाई भव्य बिदाइ, पवित्र यात्राको सफलताको कामना
११ घण्टा अगाडि
1.7kViews 218 Shares Share on Facebook Share on Twitter काठमाडौं । इस्लाम धर्मावलम्बीहरूको महान धार्मिक यात्राका रूपमा चिनिने पवित्र हजका…



