सीमा नाकामा सशस्त्रको सफलता : मोरङबाट २० लाख भारतीय रुपैयाँ बरामद, तस्कर फरार

मोरङ । मोरङको सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीले ठूलो परिमाणमा अवैध भारतीय मुद्रा बरामद गरेको छ। जिल्लाको रतुवामाई नगरपालिका–२ स्थित घररुचोक सीमा इलाकाबाट आइतबार राति २० लाख भारतीय रुपैयाँ बरामद गरिएको हो।

सीमा सुरक्षा गुल्म बरडंगा र बोर्डर आउट पोस्ट (बीओपी) डोरियाबाट खटिएको संयुक्त सशस्त्र प्रहरी टोलीले भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै गरेका दुई जनामाथि शंका लागेपछि जाँच गर्न खोजेको थियो। प्रहरी टोली नजिकिएपछि मोटरसाइकलको पछाडि सवार व्यक्तिले आफूले बोकेको झोला सडक छेउमै फालेर फरार भएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रहरीले तत्काल उक्त झोला नियन्त्रणमा लिएर खानतलासी गर्दा ५०० दरका नोटका ४० बण्डल फेला परेको थियो। बरामद रकमको कुल मूल्य २० लाख भारतीय रुपैयाँ रहेको प्रहरीले पुष्टि गरेको छ।

घटनापछि फरार व्यक्तिहरूको खोजी तीव्र पारिएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ। बरामद रकम आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको छ।

खुला सीमाको दुरुपयोग गर्दै हुने अवैध मुद्रा ओसारपसार नियन्त्रणका लागि सुरक्षा निकायले पछिल्लो समय सीमा क्षेत्रमा निगरानी थप कडा बनाएको जनाएको छ।

Facebook Comments Box
नेपालबाट हज यात्रामा जाने १ हजार २११ हाजीलाई भव्य बिदाइ, पवित्र यात्राको सफलताको कामना
११ घण्टा अगाडि

1.7kViews 218 Shares Share on Facebook Share on Twitter काठमाडौं । इस्लाम धर्मावलम्बीहरूको महान धार्मिक यात्राका रूपमा चिनिने पवित्र हजका…

TOP
247 Shares