

आजै वा भोलिसम्म एसईई नतिजा सार्वजनिक हुने सम्भावना, बोर्डको निर्णायक बैठक बस्दै
काठमाडौँ — माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। नतिजा प्रकाशनका लागि राष्ट्रिय परीक्षा बोर्डको महत्वपूर्ण बैठक सोमबार बस्दैछ। प्राविधिक रूपमा कुनै त्रुटि नदेखिए आजै नतिजा सार्वजनिक गर्ने तयारी रहेको बोर्डका पदाधिकारीहरूले बताएका छन्।
यदि प्राविधिक परीक्षणका क्रममा केही त्रुटि भेटिए त्यसलाई सच्याउन समय लाग्न सक्ने भएकाले ढिलोमा मंगलबारसम्म नतिजा प्रकाशित गरिने जनाइएको छ। बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालले नतिजा प्रकाशनसम्बन्धी सम्पूर्ण तयारीको समीक्षा गर्न बैठक बोलाइएको जानकारी दिए। उनका अनुसार बोर्ड बैठकले नै नतिजा सार्वजनिक गर्ने अन्तिम निर्णय गर्नेछ।
बैठकका लागि शिक्षा सचिव चुडामणि पौडेल सिंहदरबारबाट भक्तपुरस्थित सानोठिमी पुगेका छन्। शिक्षा मन्त्रालय स्रोतका अनुसार शिक्षामन्त्री सस्मित पोखरेललाई पनि सम्भव भएसम्म आजै, नभए मंगलबारसम्म नतिजा सार्वजनिक गरिने जानकारी दिइएको छ।
बोर्डका एक सदस्यले तयारी लगभग पूरा भइसकेको भन्दै भने, “नतिजा प्रकाशनका लागि सबै प्रक्रिया अन्तिम चरणमा छ। प्राविधिक परीक्षणमा समस्या नआए आजै नतिजा आउने सम्भावना धेरै छ।”
यस वर्ष सरकारले परीक्षा सम्पन्न भएको एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने लक्ष्य राखेको थियो। चैत २९ गते परीक्षा सम्पन्न भएपछि उत्तरपुस्तिका परीक्षणलाई तीव्र बनाउन परीक्षा केन्द्रमै जाँचको व्यवस्था गरिएको थियो।
यसपटक एसईई परीक्षामा देशभरबाट ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी सहभागी भएका थिए। तीमध्ये २ लाख ५७ हजार ६ सय १३ छात्रा, २ लाख ५४ हजार ८ सय १ छात्र तथा ७ जना अन्य विद्यार्थी रहेका छन्। परीक्षा नियन्त्रक टुकाराज अधिकारीका अनुसार जापानस्थित एभरेस्ट स्कुलबाट पनि २३ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए।
देशभर १ हजार ९ सय ६६ परीक्षा केन्द्रमार्फत परीक्षा सञ्चालन गरिएको थियो। लाखौँ विद्यार्थी र अभिभावक अहिले नतिजाको प्रतीक्षामा रहेका छन्।
समाज
थप सामाग्री-
नेपालमा मृत्युको पनि वर्ग र जात छुट्याइँदो रहेछ: खुश्बु ओली
-
सीमा नाकामा सशस्त्रको सफलता : मोरङबाट २० लाख भारतीय रुपैयाँ बरामद, तस्कर फरार
-
त्रिभुवन विमानस्थलमा टर्किस एयरलाइन्सको जहाजको पाङ्ग्रामा आगो, सबै यात्रु सुरक्षित
-
गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरामा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको अवलोकन भ्रमण
-
स्वीप अपरेसनमा रुपन्देहीबाट ११ जना पक्राउ, मोडिफाई मोटरसाइकल बरामद
नेपालबाट हज यात्रामा जाने १ हजार २११ हाजीलाई भव्य बिदाइ, पवित्र यात्राको सफलताको कामना
१० घण्टा अगाडि
1.6kViews 218 Shares Share on Facebook Share on Twitter काठमाडौं । इस्लाम धर्मावलम्बीहरूको महान धार्मिक यात्राका रूपमा चिनिने पवित्र हजका…



