

नीति तथा कार्यक्रमप्रति युवराज दुलालको असन्तुष्टि : “जनतामा नयाँ उत्साह जगाउन सकेन”
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले जनतामा अपेक्षित उत्साह र भरोसा जगाउन नसकेको टिप्पणी गरेका छन्।
सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले नयाँ सरकार गठनपछि नीति तथा कार्यक्रममा नवीन सोच, विशेष योजना र जनआकांक्षाअनुसारका कार्यक्रम आउने अपेक्षा गरिएको भए पनि प्रस्तुत दस्तावेज विगतकै निरन्तरता मात्र बनेको बताए।
उनले सरकारको नीति तथा कार्यक्रमलाई “हात्ती आयो, हात्ती आयो फुस्सा” भन्दै टिप्पणी गरे। २०७४/७५ यतादेखि संघ र प्रदेशका नीति तथा कार्यक्रम उस्तै शैलीमा दोहोरिँदै आएको उल्लेख गर्दै उनले यसपटक पनि कुनै नयाँ ऊर्जा, दृष्टिकोण वा परिवर्तनको संकेत नदेखिएको बताए।
दुलालले भने, “कतिपय विषयमा निरन्तरता हुनु स्वाभाविक हो। तर जनतामा जुन प्रकारको नयाँ आशा र सपना देखाइएको थियो, त्यो नीति तथा कार्यक्रममा प्रतिबिम्बित हुन सकेन। कार्यक्रम सुन्दा नवीनता र ऊर्जा हराएको महसुस भयो।”
राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला प्रधानमन्त्री बालेन्द्र साह बीचमै संसद् हलबाट बाहिरिएको घटनाप्रति पनि उनले आपत्ति जनाए। उनले उक्त व्यवहारलाई “अशोभनीय हर्कत” र “राष्ट्रिय लज्जा” को संज्ञा दिँदै संसदीय मर्यादाविपरीत भएको बताए।
उनले भने, “मर्यादित राष्ट्र प्रमुखले प्रस्तुत गरिरहेको नीति तथा कार्यक्रमबीचमै उठेर बाहिरिनु संसदीय संस्कार र मर्यादाविपरीत हो। सायद प्रधानमन्त्रीलाई आफ्नै कार्यक्रम सुन्न पनि बोर लागेको हुन सक्छ।”
सुशासन, विधिको शासन तथा रोजगारी सिर्जनाका सवालमा सरकार प्रभावकारी रूपमा प्रस्तुत हुन नसकेको उनको आरोप छ। निर्वाचनका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलहरूले युवालाई स्वदेशमै रोजगारी दिने, बन्द उद्योग सञ्चालन गर्ने तथा वैदेशिक रोजगारीमा गएका युवालाई फर्काउने प्रतिबद्धता जनाए पनि नीति तथा कार्यक्रममा ती विषयले पर्याप्त प्राथमिकता नपाएको उनले बताए।
वैदेशिक रोजगारीमा रहेका युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने खालका नवीन कार्यक्रम आउने अपेक्षा पूरा नभएको उनको भनाइ छ।
यद्यपि, नीति तथा कार्यक्रममा केही सकारात्मक पक्षहरू रहेको स्वीकार गर्दै दुलालले आफू पूर्ण रूपमा निराश नभएको बताए। परम्परागत कार्यक्रम भएकाले यसको कार्यान्वयन सामान्य ढंगले अघि बढ्न सक्ने उनको विश्लेषण छ।
उनले नयाँ सरकारले जनतामा आशा, भरोसा र उत्साहको सञ्चार गर्नुपर्नेमा त्यसमा सरकार कमजोर देखिएको निष्कर्ष समेत व्यक्त गरे।
समाज
थप सामाग्री-
काठमाडौंमा ठेक्का ह्याकिङ प्रकरण : अनुसन्धान र अभियोजन प्रक्रिया कमजोर बनाइएको आरोप
-
अविरल वर्षापछि पहिरो र बाढीले मुख्य राजमार्गहरू प्रभावित, केही खण्ड पूर्ण बन्द
-
धादिङ बैरेनीमा तीन सवारी एकै ठाउँ ठोक्किँदा ३७ घाइते
-
आज बैशाख २९ गते मंगलबार,यस्तो छ तपाईको राशिफल
-
प्रधानमन्त्री नीति तथा कार्यक्रमका बीच बैठकबाट बाहिरिएपछि संसद्मा विवाद
मुख्यमन्त्रीको गृह जिल्लामै कानुन लाचार : बागमती किनारमा ‘सगरमाथा’ जस्तो गिट्टी बालुवाको दर्जनाैं थुप्रो !
१२ घण्टा अगाडि
1.3kViews 227 Shares Share on Facebook Share on Twitter प्रेमचन्द्र झा रौतहटको समनपुरस्थित बागमती पुल, मधेश प्रदेश सरकार, गढीमाई नगरपालिका…



