

प्रधानमन्त्री नीति तथा कार्यक्रमका बीच बैठकबाट बाहिरिएपछि संसद्मा विवाद
काठमाडौं — राष्ट्रपतिद्वारा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत भइरहेकै बेला प्रधानमन्त्री प्रतिनिधिसभा–राष्ट्रिय सभा संयुक्त बैठक कक्षबाट बाहिरिएपछि संसद्मा नयाँ विवाद उत्पन्न भएको छ।
सोमबार दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री आकस्मिक रूपमा बैठक कक्षबाट बाहिरिएका थिए। संसदीय अभ्यासअनुसार राष्ट्रपतिको सम्बोधन सम्पन्न भएपछि मात्र उच्च पदस्थ पदाधिकारीहरू बैठक कक्षबाट बाहिरिने परम्परा रहँदै आएको छ।
प्रधानमन्त्री बीचमै बाहिरिएपछि विपक्षी दल नेकपा (एमाले) ले संसद्मा कडा आपत्ति जनाएको छ। साँझ बसेको प्रतिनिधिसभा बैठकमा एमाले सांसद गुरुप्रसाद बरालले प्रधानमन्त्रीको व्यवहारमाथि प्रश्न उठाउँदै नीति तथा कार्यक्रमप्रति अपनत्व छ कि छैन भन्ने स्पष्ट गर्न माग गरे।
बरालले प्रधानमन्त्रीले राष्ट्रिय पोशाकसमेत नलगाएको विषय उठाउँदै सभामुखमार्फत रूलिङको माग गरे। उनले भने, “राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बीचमै उठेर हिँड्नुभयो। यसले उहाँको नीति तथा कार्यक्रमप्रतिको अपनत्व के हो भन्ने प्रश्न उठाएको छ।”
यसपछि प्रधानमन्त्रीले साँझको प्रतिनिधिसभा बैठकमा राष्ट्रपति प्रस्तुत नीति तथा कार्यक्रम औपचारिक रूपमा टेबल गरेका थिए। तर उनले कुनै पनि सम्बोधन भने गरेनन्। उनी महासचिवको सिटअगाडि गएर कार्यक्रमको प्रति राखेपछि आफ्नै कुर्सीमा समेत नबसी तत्कालै बैठक कक्षबाट बाहिरिएका थिए।
प्रधानमन्त्रीको यस्तो व्यवहार देखेपछि संसद्भित्र केही समय असहज वातावरण सिर्जना भएको थियो। उपस्थित सांसदहरूबीच हल्का हाँसो र प्रतिक्रिया देखिएपछि सभामुखले बैठक केही समयका लागि स्थगित गरेका थिए।
घटनापछि सत्तापक्षभित्र पनि असहजता देखिएको संसद् परिसरमा चर्चा छ। विपक्षी सांसदहरूको तीव्र प्रतिक्रिया र घटनाक्रमप्रति केही सत्तापक्षीय सांसदहरूले पनि असहजता महसुस गरेको बताइएको छ।
यसअघि पनि प्रधानमन्त्रीको संसदीय सक्रियता र औपचारिक उपस्थितिलाई लिएर विपक्षी दलहरूले प्रश्न उठाउँदै आएका थिए। उनी हालसम्म प्रतिनिधिसभामा विस्तृत सम्बोधन नगरेको र संसदीय परम्पराप्रति अपेक्षित रुचि नदेखाएको आरोपसमेत लगाइँदै आएको छ।
समाज
थप सामाग्री-
`मृत्युको सडक’ विरुद्ध महाअभियान : व्यवहार परिवर्तन नै मुख्य चुनौती
-
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
-
आज असार ३ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
१ दिन अगाडि
2.1kViews 351 Shares Share on Facebook Share on Twitter मेष- आज तपाईंको आर्थिक पक्ष बलियो बन्ने संकेत देखिन्छ । आम्दानीका नयाँ…



