

अविरल वर्षापछि पहिरो र बाढीले मुख्य राजमार्गहरू प्रभावित, केही खण्ड पूर्ण बन्द
काठमाडौँ । देशभर जारी अविरल वर्षा र त्यससँगै आएका बाढी–पहिरोका कारण विभिन्न मुख्य राजमार्गहरूमा यातायात अवरुद्ध भएको छ। आज बिहान ८ बजेसम्मको अद्यावधिक विवरणअनुसार केही सडक खण्ड पूर्ण रूपमा बन्द भएका छन् भने केही स्थानमा एकतर्फी रूपमा मात्र सवारी सञ्चालन भइरहेको छ।
काभ्रेपलाञ्चोक जिल्लाको खुरकोट–नेपालथोक–कटुञ्जेबेँसी सडक खण्डमा सुरक्षा कारण देखाउँदै सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ। सम्भावित बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै वैशाख २२ गतेदेखि नै वीपी राजमार्गअन्तर्गतको उक्त खण्ड बन्द गरिएको हो। सम्बन्धित निकायले हालसम्म पनि सो क्षेत्रमा सवारी सञ्चालन अनुमति दिएको छैन।
यसैबीच, कोशी प्रदेशका दुई प्रमुख राजमार्गहरूमा पनि अवरोध कायमै रहेको छ। भोजपुर नगरपालिका–५ बोखिम क्षेत्रमा वैशाख १२ गते आएको बाढीका कारण सडक क्षतिग्रस्त भएपछि यातायात प्रभावित भएको थियो। अहिले सो स्थानमा वैकल्पिक मार्गको व्यवस्था गरी एकतर्फी रूपमा मात्र सवारी सञ्चालन भइरहेको छ।
त्यस्तै, संखुवासभाको मकालु गाउँपालिका–३ नयाँ बस्ती क्षेत्रमा वैशाख २३ गते खसेको पहिरोले राजमार्ग अवरुद्ध बनाएको थियो। हाल पहिरो पन्छाउने कार्य सम्पन्न भएसँगै सो खण्डमा पनि एकतर्फी रूपमा यातायात सञ्चालनमा ल्याइएको सम्बन्धित निकायले जनाएको छ।
बाढी–पहिरोको जोखिम अझै कायम रहेकाले यात्रुहरूलाई अत्यावश्यक बाहेकका यात्रा नगर्न र सम्बन्धित निकायले जारी गर्ने सूचना पालना गर्न आग्रह गरिएको छ।
समाज
थप सामाग्री-
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
-
आज असार ३ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
-
गृह मन्त्रालयद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयक एकसाथ अघि बढाउने तयारी
-
आइजीपी दानबहादुर कार्कीः शान्ति सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव
-
आज असार २ गते मंगलबार, यस्तो छ तपाईको राशिफल राशिफल
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
२ दिन अगाडि
1.3kViews 187 Shares Share on Facebook Share on Twitter रुपन्देही । नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले…



