निजामतीमा कडा अनुशासन : राजनीतिक गतिविधिमा संलग्न कर्मचारी तत्काल बर्खास्त गरिने

सरकारले निजामती प्रशासनमा राजनीतिक प्रभाव अन्त्य गर्दै कडा अनुशासन लागू गर्ने संकेत दिएको छ। राजनीतिक दलमा आवद्ध हुने वा कुनै पनि प्रकारका राजनीतिक गतिविधिमा संलग्न भएको प्रमाणित भए निजामती कर्मचारीलाई तत्काल सेवाबाट बर्खास्त गरिने व्यवस्था ल्याइने भएको छ।

संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले   प्रशासनिक संयन्त्रलाई पूर्ण रूपमा निष्पक्ष र राजनीतिक प्रभावमुक्त बनाउने स्पष्ट सन्देश दिएका हुन्।

सरकारी घोषणा अनुसार अब कुनै पनि निजामती कर्मचारी राजनीतिक दलसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न रहेको प्रमाण भेटिएमा तुरुन्तै सेवाबाट हटाइनेछ। त्यस्ता कर्मचारीलाई भविष्यमा कुनै पनि सरकारी सेवाका लागि अयोग्य ठहर गर्ने कडा प्रावधानसमेत लागू गरिने बताइएको छ।

सरकारको यो कदमलाई प्रशासनिक सुधारतर्फको महत्वपूर्ण प्रयासका रूपमा हेरिएको छ। निष्पक्ष र पारदर्शी सेवा प्रवाह सुनिश्चित गर्ने उद्देश्य राखिएको भए पनि यसले कर्मचारी संगठन तथा राजनीतिक वृत्तमा भने नयाँ बहस सुरु गरेको छ।

Facebook Comments Box
मुख्यमन्त्रीको गृह जिल्लामै कानुन लाचार : बागमती किनारमा ‘सगरमाथा’ जस्तो गिट्टी बालुवाको दर्जनाैं थुप्रो !
१२ घण्टा अगाडि

1.3kViews 227 Shares Share on Facebook Share on Twitter प्रेमचन्द्र झा रौतहटको समनपुरस्थित बागमती पुल, मधेश प्रदेश सरकार, गढीमाई नगरपालिका…

TOP
376 Shares