नीति तथा कार्यक्रम: ‘देवभूमि नेपाल’ अभियान सञ्चालन गरिने

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा नेपाललाई विश्व आध्यात्मिक पर्यटन केन्द्रका रूपमा स्थापित गर्न ‘देवभूमि नेपाल’ राष्ट्रिय अभियान सञ्चालन गरिने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा सोमबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै धार्मिक, सांस्कृतिक, आरोग्य, चलचित्र र साहसिक पर्यटनलाई विशेष प्राथमिकतामा राखिएको बताए ।सरकारले नीति तथा कार्यक्रममार्फत हवाई सेवालाई भरपर्दो बनाउनुका साथै पर्यटन क्षेत्रलाई डिजिटल प्रणालीमा लैजाने जनाएको छ । सरकारले हवाई पूर्वाधार विस्तार र अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण सञ्चालनलाई प्राथमिकतामा राखेको छ ।त्यस्तै, नागरिक उड्डयन क्षेत्रमा संरचनात्मक सुधार गर्दै निजी क्षेत्रको सहभागिता बढाउने र अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्ने सरकारको लक्ष्य छ । भैरहवास्थित गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा थप अन्ताराष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।यसैगरी, पर्यटन सेवालाई सहज बनाउन पर्यटक भिसा सेवालाई पूर्ण रूपमा अनलाइन प्रणालीमा आबद्ध गरिने जनाइएको छ । अध्यागमन विन्दुबाटै पर्यटकीय अनुमति र सेवाहरू एकीकृत रूपमा उपलब्ध गराउन ‘एक द्वार डिजिटल पर्यटन प्रणाली’ लागू गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । सरकारले विसं २०८५ लाई ‘भिजिट नेपाल’ वर्षका रूपमा मनाउने तयारी गर्दै पर्यटकको आगमन, खर्च र बसाइँ अवधि बढाउने लक्ष्य लिएको छ ।यस्तै, नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा स्थापना गर्न ‘देवभूमि नेपाल’ राष्ट्रिय अभियान सञ्चालन गरिने भएको छ । पर्वतीय पर्यटनको सुरक्षाका लागि खोज तथा उद्धार प्रणालीलाई आधुनिक प्रविधिसँग जोडिने नीति सरकारले सार्वजनिक गरेको छ ।साहसिक पर्यटनका लागि प्याराग्लाइडिङ, बन्जीजम्प, स्काई डाइभिङलगायत गतिविधिमार्फत पर्यटन प्रवर्द्धन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । हिमाली, मध्यपहाडी र तराई क्षेत्रमा कम्तीमा १० वटा नयाँ पदमार्ग पहिचान गरी सञ्चालनमा ल्याइने छ ।नेपाल पर्यटन बोर्डलाई सार्वजनिक–निजी साझेदारी ढाँचामा पुनर्संरचना गरी थप नवप्रवर्तनशील बनाउने योजना सरकारले अघि सारेको छ । कर्णाली, सुदूरपश्चिम, मधेस र कोशी प्रदेशका नयाँ पर्यटकीय गन्तव्यलाई विशेष प्राथमिकता दिँदै पर्यटन इकोसिस्टमको विकास गरिने नीतिमा उल्लेख छ ।रासस

Facebook Comments Box
मुख्यमन्त्रीको गृह जिल्लामै कानुन लाचार : बागमती किनारमा ‘सगरमाथा’ जस्तो गिट्टी बालुवाको दर्जनाैं थुप्रो !
१२ घण्टा अगाडि

1.3kViews 227 Shares Share on Facebook Share on Twitter प्रेमचन्द्र झा रौतहटको समनपुरस्थित बागमती पुल, मधेश प्रदेश सरकार, गढीमाई नगरपालिका…

TOP
462 Shares