काठमाडौंको रानिवन–सानोभर्‍याङ क्षेत्रमा शृङ्खलाबद्ध चोरी गर्ने दुई जना पक्राउ, ठूलो परिमाणमा सामान बरामद

काठमाडौं — काठमाडौंको रानिवन र सानोभर्‍याङ क्षेत्रमा शृङ्खलाबद्ध चोरी गर्दै चोरीका सामानको किनबेच तथा व्यवस्थापनमा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ परेकामध्येबाट चोरीका मोबाइल, ल्यापटप, नगद, मूर्ति, लागुऔषध तथा चोरीमा प्रयोग हुने औजारसहित ठूलो परिमाणमा सामान बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा उदयपुरको ताप्ली गाउँपालिका–३ घर भई हाल काठमाडौंको नागार्जुन नगरपालिका–३ एकधारामा बस्ने २७ वर्षीय रमेश कुमार तामाङ र काठमाडौं महानगरपालिका–९ बस्ने २९ वर्षीय प्रभात सिंह प्रधान रहेका छन्। अनुसन्धानका क्रममा रमेश कुमार तामाङ लागुऔषध मुद्दामा फरार प्रतिवादीसमेत रहेको खुलेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बत्तीसपुतलीस्थित प्रभात सिंह प्रधानको घरमा गरिएको खानतलासीका क्रममा विभिन्न इलेक्ट्रोनिक सामान तथा नगद बरामद गरिएको छ। बरामद सामग्रीहरूमा ८ थान iPhone मोबाइल, २ थान iPod, ४ थान Samsung मोबाइल, १ थान Samsung ट्याब, डिस्प्ले परिवर्तन गरिएका २१ थान मोबाइल, २ थान MacBook Air, ५ थान AirPods, १ थान CD रिडर, ३ थान ल्यापटप र १ लाख ३५ हजार रुपैयाँ नगद रहेको छ।

त्यसैगरी, नागार्जुन–एकधारास्थित रमेश कुमार तामाङको कोठाबाट लागुऔषध ट्रामाडोल ७८० क्याप्सुल, १ थान बिलबुक, १ थान चेकबुक, चोरीमा प्रयोग हुने फलामको डन्डी, ८ थान मोबाइल, १ थान बुद्धको मूर्ति तथा चोरीका क्रममा प्रयोग गरिएका विभिन्न कपडाहरू समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments Box
मुख्यमन्त्रीको गृह जिल्लामै कानुन लाचार : बागमती किनारमा ‘सगरमाथा’ जस्तो गिट्टी बालुवाको दर्जनाैं थुप्रो !
१२ घण्टा अगाडि

1.3kViews 227 Shares Share on Facebook Share on Twitter प्रेमचन्द्र झा रौतहटको समनपुरस्थित बागमती पुल, मधेश प्रदेश सरकार, गढीमाई नगरपालिका…

TOP
430 Shares