

धादिङ बैरेनीमा तीन सवारी एकै ठाउँ ठोक्किँदा ३७ घाइते
धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ बैरेनीमा तीन वटा सवारी साधन एकै ठाउँ ठोक्किँदा ३७ जना घाइते भएका छन्।
गएराति साढे ११ बजे काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१–००६ नम्बरको ट्रकलाई बागलुङतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ७४९९ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो। त्यसपछि उक्त बसलाई वीरगञ्जतर्फ गइरहेको अर्को बसले पनि पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी तथा डीएसपी प्रकाश दाहालका अनुसार दुर्घटनामा तीन सवारीमा सवार ६८ यात्रुमध्ये ३७ जना घाइते भएका हुन्।
घाइतेमध्ये बैरेनी अस्पताल र स्मारिका मेडिकल हलमा उपचारपछि तीन जना डिस्चार्ज भइसकेका छन् भने बाँकी ३४ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
राति नै १९ जनालाई काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टर र ९ जनालाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको थियो। थप ६ जनालाई स्थानीय उपचारपछि काठमाडौं रिफर गरिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न दुई वटा बस र ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
समाज
थप सामाग्री-
काठमाडौंमा ठेक्का ह्याकिङ प्रकरण : अनुसन्धान र अभियोजन प्रक्रिया कमजोर बनाइएको आरोप
-
अविरल वर्षापछि पहिरो र बाढीले मुख्य राजमार्गहरू प्रभावित, केही खण्ड पूर्ण बन्द
-
धादिङ बैरेनीमा तीन सवारी एकै ठाउँ ठोक्किँदा ३७ घाइते
-
आज बैशाख २९ गते मंगलबार,यस्तो छ तपाईको राशिफल
-
प्रधानमन्त्री नीति तथा कार्यक्रमका बीच बैठकबाट बाहिरिएपछि संसद्मा विवाद
मुख्यमन्त्रीको गृह जिल्लामै कानुन लाचार : बागमती किनारमा ‘सगरमाथा’ जस्तो गिट्टी बालुवाको दर्जनाैं थुप्रो !
१२ घण्टा अगाडि
1.3kViews 227 Shares Share on Facebook Share on Twitter प्रेमचन्द्र झा रौतहटको समनपुरस्थित बागमती पुल, मधेश प्रदेश सरकार, गढीमाई नगरपालिका…



