

रास्वपाले केन्द्रीय समिति बैठक बोलायो, महाधिवेशन र सरकार सञ्चालनबारे छलफल हुने
काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक आह्वान गरेको छ । बैठक बुधबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्नेछ ।
पार्टीका अनुसार बैठकमा केन्द्रीय महाधिवेशनको तयारी, सरकार सञ्चालनको समीक्षा तथा संसद्को चालू बर्खे अधिवेशनसँग सम्बन्धित विषयहरूमा विस्तृत छलफल गरिनेछ ।
रास्वपाले भदौ महिनाभित्र पहिलो महाधिवेशन गर्ने तयारी गरिरहेको छ । सोही तयारीलाई अघि बढाउने विषय पनि बैठकको मुख्य एजेन्डा रहेको बताइएको छ ।
पार्टी प्रवक्ता मनिष झाले सबै केन्द्रीय सदस्यहरूलाई बैठकमा अनिवार्य रूपमा उपस्थित हुन आग्रह गरिएको जानकारी दिएका छन् ।
महाधिवेशनको पूर्वतयारीसँगै संगठनात्मक सुदृढीकरण र आगामी राजनीतिक रणनीतिबारे पनि बैठकमा महत्वपूर्ण निर्णय हुन सक्ने अपेक्षा गरिएको छ ।
समाज
थप सामाग्री-
काठमाडौंमा ठेक्का ह्याकिङ प्रकरण : अनुसन्धान र अभियोजन प्रक्रिया कमजोर बनाइएको आरोप
-
अविरल वर्षापछि पहिरो र बाढीले मुख्य राजमार्गहरू प्रभावित, केही खण्ड पूर्ण बन्द
-
धादिङ बैरेनीमा तीन सवारी एकै ठाउँ ठोक्किँदा ३७ घाइते
-
आज बैशाख २९ गते मंगलबार,यस्तो छ तपाईको राशिफल
-
प्रधानमन्त्री नीति तथा कार्यक्रमका बीच बैठकबाट बाहिरिएपछि संसद्मा विवाद
मुख्यमन्त्रीको गृह जिल्लामै कानुन लाचार : बागमती किनारमा ‘सगरमाथा’ जस्तो गिट्टी बालुवाको दर्जनाैं थुप्रो !
१२ घण्टा अगाडि
1.3kViews 227 Shares Share on Facebook Share on Twitter प्रेमचन्द्र झा रौतहटको समनपुरस्थित बागमती पुल, मधेश प्रदेश सरकार, गढीमाई नगरपालिका…



