निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध नेपाल पत्रकार महासंघको सप्ताहव्यापी हस्ताक्षर अभियान

काठमाडौँ । निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन तथा सूचनाबाट वञ्चित गर्ने सरकारी निर्णयविरुद्ध नेपाल पत्रकार महासंघले देशव्यापी हस्ताक्षर अभियान सुरु गरेको छ।

खर्च कटौतीको नाममा सबै तहका सरकारी विज्ञापन तथा सूचनाहरू राज्य नियन्त्रित सञ्चारमाध्यममार्फत मात्र प्रकाशन र प्रसारण गर्ने गरी गरिएको निर्णय विभेदकारी रहेको भन्दै महासंघले त्यसलाई तत्काल फिर्ता लिन सरकारमाथि दबाब बढाउने उद्देश्यले सप्ताहव्यापी अभियान थालेको हो।

महासंघका अनुसार अभियान केन्द्रदेखि देशभरका शाखाहरूमा एकैसाथ सञ्चालन गरिएको छ। पत्रकारिता क्षेत्र, सञ्चारकर्मी तथा सरोकारवालाहरूको सहभागितामा निर्णयको विरोधस्वरूप हस्ताक्षर संकलन भइरहेको छ।

गत चैत १८ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिवस्तरीय बैठकले उक्त निर्णय गरेको थियो। सो निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको छ।

पत्रकार महासंघले उक्त निर्णयले प्रेस स्वतन्त्रता, प्रतिस्पर्धा र मिडिया बहुलतालाई कमजोर बनाउने भन्दै सरकारलाई पुनर्विचार गर्न आग्रह गरेको छ।

Facebook Comments Box
एनसेलको बोर्डदेखि सेयर कारोबारसम्म प्रश्नै–प्रश्न : अर्बौं राजस्व विवाद, गोप्य प्रतिवेदन र नियामक निकायको मौनता
१ दिन अगाडि

2.1kViews 243 Shares Share on Facebook Share on Twitter काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेड फेरि एकपटक…

TOP
222 Shares