

सडक र सवारी लक्षित मनसुनजन्य विपद् न्यूनीकरण अभियान २०८३ शुभारम्भ
काठमाडौँ । सडक तथा सवारी साधनलाई लक्षित गर्दै सञ्चालन गरिएको मनसुनजन्य विपद् न्यूनीकरण अभियान २०८३ आज एक कार्यक्रमबीच शुभारम्भ गरिएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनामा नयाँ बसपार्कमा सम्पन्न कार्यक्रममा काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतिथ्यमा अभियानको औपचारिक शुभारम्भ गरिएको हो ।
अभियानअन्तर्गत नयाँ बसपार्क, कलंकी, नागढुङ्गा, फर्पिङ, भक्तपुरलगायत विभिन्न स्थानमा नागरिक सहायता कक्ष स्थापना गरी आजैदेखि सेवा सञ्चालनमा ल्याइएको छ । मनसुनका बेला सडक तथा यातायात क्षेत्रमा हुन सक्ने जोखिम न्यूनीकरण, यात्रुको सहजता तथा आकस्मिक अवस्थाको व्यवस्थापनलाई लक्षित गरी सहायता कक्ष सञ्चालनमा ल्याइएको जनाइएको छ ।
कार्यक्रममा यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौला, राष्ट्रिय सडक सुरक्षा परिषद्का प्राविधिक सल्लाहकार सरोज प्रधान, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव रामबहादुर केसी तथा अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दीपक केसीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले अतिथिहरूलाई स्वागत गर्दै अभियानको उद्देश्य र औचित्यबारे प्रकाश पारेका थिए ।
यसै अवसरमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवसायी राष्ट्रिय महासंघबीच यात्रुका सामानको व्यवस्थापन तथा पहिचानलाई व्यवस्थित बनाउन ‘लगेज ट्याग प्रणाली’ लागू गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर समेत गरिएको छ । सम्झौतापत्रमा ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारी र महासंघका अध्यक्ष सरोज सिटौलाले हस्ताक्षर गरेका थिए ।
समाज
थप सामाग्री-
सुधन गुरुङको प्रेस काउन्सिलमा उजुरी, ‘पीत पत्रकारिता’ गरेको आरोप लगाउँदै कारबाहीको माग
-
रवि लामिछानेमाथिका संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिन अदालतको अनुमति, सहकारी ठगी मुद्दा यथावत
-
एनसेलको बोर्डदेखि सेयर कारोबारसम्म प्रश्नै–प्रश्न : अर्बौं राजस्व विवाद, गोप्य प्रतिवेदन र नियामक निकायको मौनता
-
एसएसपी रमेश थापाद्वारा सरुवा भएका डिएसपीलाई स्वागत तथा बिदाइ
-
सडक र सवारी लक्षित मनसुनजन्य विपद् न्यूनीकरण अभियान २०८३ शुभारम्भ
काठमाडौँ उपत्यकामा सडक तथा सवारी लक्षित मनसुनजन्य विपद् न्यूनीकरण अभियान सुरु
९ घण्टा अगाडि
1.1kViews 445 Shares Share on Facebook Share on Twitter काठमाडौँ । “सडक र सवारी लक्षित मनसुनजन्य विपद् न्यूनीकरण अभियान २०८३”…



