एसएसपी रमेश थापाद्वारा सरुवा भएका डिएसपीलाई स्वागत तथा बिदाइ

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंमा सरुवा भई आएका प्रहरी नायव उपरीक्षक (डीएसपी) हरूलाई स्वागत तथा अन्य कार्यालयमा सरुवा भई जाने डीएसपीहरूलाई बिदाइ गरिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा नवआगन्तुक डीएसपीहरूलाई हार्दिक स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो। साथै, सरुवा भई अन्यत्र जिम्मेवारी सम्हाल्न जाने डीएसपीहरूको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मानसहित बिदाइ गरिएको थियो।

कार्यक्रममा एसएसपी थापाले प्रहरी संगठनभित्र सरुवा नियमित प्रक्रिया भएको उल्लेख गर्दै जहाँ रहे पनि व्यावसायिकता, अनुशासन र जनसेवालाई केन्द्रमा राखेर काम गर्न आग्रह गरे। उनले काठमाडौंमा कार्यरत रहँदा पुर्‍याएको योगदानका लागि बिदाइ हुने अधिकृतहरूलाई धन्यवाद दिँदै आगामी जिम्मेवारीका लागि सफलताको शुभकामना व्यक्त गरे।

सो अवसरमा सहभागी डीएसपीहरूले काठमाडौंमा कार्यसम्पादनका क्रममा प्राप्त अनुभव साझा गर्दै संगठनप्रति प्रतिबद्ध रहँदै नयाँ जिम्मेवारीमा पनि उत्कृष्ट सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएका थिए।

प्रहरी संगठनभित्र आपसी सद्भाव, सहकार्य र व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले आयोजित ‘फेरी भेटौँला’ कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।

Facebook Comments Box
काठमाडौँ उपत्यकामा सडक तथा सवारी लक्षित मनसुनजन्य विपद् न्यूनीकरण अभियान सुरु
९ घण्टा अगाडि

1.1kViews 445 Shares Share on Facebook Share on Twitter काठमाडौँ । “सडक र सवारी लक्षित मनसुनजन्य विपद् न्यूनीकरण अभियान २०८३”…

TOP
482 Shares