

आज जेठ ०९ गते शनिबार, यस्तो छ तपाईको राशिफल
मेष- जोखिम मोलेर काम गर्ने बानीमा नियन्त्रण आवश्यक छ । शत्रु र आलोचकहरू सक्रिय रहन सक्छन्, त्यसैले सतर्क रहनुहोस् । आफ्नै कमजोरीले साखमा असर पर्न सक्छ । सानो प्रयासले प्रगति हुने सम्भावना छ ।
वृष- सतर्कता साथ काम गर्नुपर्ने समय छ । प्रतिस्पर्धी र आलोचकहरू सक्रिय देखिन्छन् । क्षमता प्रयोग गरेमा कारोबारमा सुधार आउनेछ र रोकिएका काम अघि बढ्नेछन् । पारिवारिक जीवन सामान्य रहे पनि सन्तानको इच्छाले खर्च बढाउन सक्छ ।
मिथुन- नयाँ र पुराना साथीहरूसँग भेटघाट हुनेछ । धार्मिक तथा परोपकारी सोच बढ्नेछ । व्यक्तिगत काम सफल हुने दिन हो । रासायनिक, पेट्रोलियम वा रङ सम्बन्धी कारोबारमा लाभ मिल्न सक्छ ।
कर्कट- परिवारबाट सहयोग मिल्नेछ । आर्थिक समस्या समाधानतर्फ अघि बढ्नेछ । आम्दानी बढ्ने र रोकिएको रकम प्राप्त हुने सम्भावना छ । अनुभवीको सल्लाहमा लगानी गर्दा लाभ मिल्न सक्छ ।
सिंह- नयाँ व्यक्तिसँगको भेटले आत्मबल बढाउनेछ । सफलताका समाचारले उत्साह मिल्नेछ । तर आलोचक र धोका दिन सक्ने व्यक्तिबाट सावधान रहनुहोस् । क्रोध र हतार निर्णयले हानि पुर्याउन सक्छ ।
कन्या- आत्मविश्वास कमजोर हुन सक्छ । साझेदारीमा सावधानी आवश्यक छ । जुवा वा सट्टाबाजीबाट टाढा रहनुहोस् । व्यापारमा उतारचढाव आउन सक्छ, त्यसैले आफैं सक्रिय हुनु राम्रो हुन्छ ।
तुला- बौद्धिक काममा प्रगति हुने दिन हो । साथी र सहयोगीहरूको साथ मिल्नेछ । नेतृत्व क्षमता देखाउनुपर्ने समय छ । खर्च बढ्ने सम्भावना रहेकाले सावधानी अपनाउनुहोस् ।
वृश्चिक- धपेडी बढ्ने दिन हो । चिड चिडापन नियन्त्रण गर्न आवश्यक छ । मेहनत अनुसार राम्रो फाइदा मिल्नेछ । बारम्बार प्रयास गर्दा सफलता प्राप्त हुनेछ।
धनु- व्यापार तथा निर्माणसम्बन्धी क्षेत्रमा राम्रो समय छ । धार्मिक कार्यमा रुचि बढ्नेछ । इच्छित काम पूरा हुने सम्भावना छ । विदेश वा अध्ययन सम्बन्धी प्रयासमा सफलता मिल्न सक्छ।
मकर- धैर्य र संयम आवश्यक छ । हतारमा निर्णय नगर्नुहोस् । पुराना समस्या बल्झिन सक्छन् । वैचारिक मतभेद हुन सक्छ, त्यसैले संयमित व्यवहार गर्नु उत्तम हुन्छ ।
कुम्भ- घुमघाम र मनोरञ्जनमा समय बित्नेछ । परिवार र जीवन साथीसँग सम्बन्ध राम्रो बन्नेछ । खर्च बढ्न सक्छ तर मन प्रसन्न रहनेछ । पार्टनरको भावना बुझेर अघि बढ्नु राम्रो हुन्छ ।
मीन- स्वास्थ्यमा सामान्य कमजोरी देखिन सक्छ । व्यापारमा मिश्रित परिणाम आउनेछ । साथी र साझेदारसँग असन्तुष्टि हुन सक्छ । चुनौती सामना गरेर अघि बढ्दा सफलता मिल्नेछ।
समाज
थप सामाग्री-
संख्याको दम्भ नदेखाउन सरकारलाई गगन थापाको चेतावनी, पाँच बुँदे प्रश्नसहित जवाफदेही बन्न आग्रह
-
सशस्त्र प्रहरीका दुई महिला आरोहीलाई एक तह बढुवा, सगरमाथा–लोत्से सफल आरोहणको सम्मान
-
आज जेठ ०९ गते शनिबार, यस्तो छ तपाईको राशिफल
-
सुधन गुरुङको प्रेस काउन्सिलमा उजुरी, ‘पीत पत्रकारिता’ गरेको आरोप लगाउँदै कारबाहीको माग
-
रवि लामिछानेमाथिका संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिन अदालतको अनुमति, सहकारी ठगी मुद्दा यथावत
एनसेलको बोर्डदेखि सेयर कारोबारसम्म प्रश्नै–प्रश्न : अर्बौं राजस्व विवाद, गोप्य प्रतिवेदन र नियामक निकायको मौनता
१ दिन अगाडि
2.1kViews 243 Shares Share on Facebook Share on Twitter काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेड फेरि एकपटक…



