आजको मौसम : गण्डकीमा भारी वर्षाको सम्भावना, तराईमा तातो लहरको जोखिम

काठमाडौं । देशमा हाल पश्चिमी वायु, स्थानीय वायु तथा बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव कायम रहेको छ। यसका कारण कोशी प्रदेशसहित अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहेको छ भने मधेस प्रदेशमा आंशिक बदली र बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।

हाल गण्डकी प्रदेशका केही स्थान तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ भने मधेससहित अन्य प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ। तराईका अधिकांश क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।

आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा मधेस प्रदेशसहित ती प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। साथै लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको छ।

विशेषगरी गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

यता सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा अत्यधिक गर्मी तथा तराई क्षेत्रमा तातो लहर (हिट वेभ) को सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन पनि सुझाव दिइएको छ।

आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ भने अन्य प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने अनुमान छ। कोशी र मधेस प्रदेशका केही स्थान तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा चट्याङ्गसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको विभागले जनाएको छ।

रातिको समयमा कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले नदी, खोला आसपासका बासिन्दा तथा यात्रुहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।

Facebook Comments Box
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
१९ घण्टा अगाडि

2.6kViews 170 Shares Share on Facebook Share on Twitter काठमाडौं । मधेस प्रदेश प्रहरी प्रमुख रहँदा अवैध तस्करी तथा आपराधिक…

TOP
291 Shares