

देशका विभिन्न भू–भागमा बदली र वर्षाको सम्भावना, पश्चिममा गर्मी बढ्ने चेतावनी
काठमाडौँ । हाल नेपालको मौसममा पश्चिमी र स्थानीय वायुका साथै पूर्वी भू–भाग नजिक विकसित न्यून चापीय क्षेत्रको संयुक्त प्रभाव देखिएको छ। यसै प्रभावका कारण देशका विभिन्न भू–भागमा मौसममा उल्लेखनीय परिवर्तन भई अस्थिरता बढ्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा हाल साधारणतया बदली रहेको छ। यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा पनि आंशिकदेखि सामान्य बदली देखिएको छ।
मधेस प्रदेशसहित लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहेको छ भने बाँकी तराई भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। हाल कोशी र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा भइरहेको छ भने बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा मापन गरिएको छ।
सोमबारको सम्भावित मौसम अवस्थाअनुसार कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रहने देखिएको छ। मधेस प्रदेशसहित अन्य प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने तथा तराई भू–भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।
महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मौसम प्रतिकूल हुन सक्ने चेतावनी दिएको छ। यस्तै मधेस प्रदेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको जनाइएको छ।
यसैबीच पश्चिम नेपालका केही भू–भागमा तापक्रम बढ्ने क्रम जारी रहने अनुमान गरिएको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा तातो दिन (heatwave-like condition) रहने तथा तराई क्षेत्रमा अत्यधिक गर्मीसहित ‘लू’ चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
समाज
थप सामाग्री-
निर्यात अवरोधपछि नेपाली चिया उद्योग बन्द, हजारौं श्रमिक प्रभावित
-
तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित
-
पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सवबारे फैलिएको सूचना भ्रामक, संवाद सचिवालयको स्पष्टिकरण
-
२४ घण्टामै २,५३५ चालक कारबाहीमा : काठमाडौंका सडकमा बढ्दो अराजकता, ट्राफिकको कडा अभियानले देखायो गम्भीर चुनौती
-
`मृत्युको सडक’ विरुद्ध महाअभियान : व्यवहार परिवर्तन नै मुख्य चुनौती
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
१४ घण्टा अगाडि
2.6kViews 170 Shares Share on Facebook Share on Twitter काठमाडौं । मधेस प्रदेश प्रहरी प्रमुख रहँदा अवैध तस्करी तथा आपराधिक…



