

पश्चिमी वायुको प्रभाव: आज पनि देशका धेरै स्थानमा वर्षा, तराईमा हावाहुरी र गर्मी बढ्ने
काठमाडौँ । नेपालमा हाल पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक रहेको न्यूनचापीय क्षेत्रको संयुक्त प्रभाव कायम रहेको छ। यसका कारण देशका विभिन्न क्षेत्रमा वर्षा, चट्याङ, हावाहुरी तथा तातो मौसमको प्रभाव देखिन सक्ने भन्दै मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाका अनुसार अहिले गण्डकी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली रहेको छ भने अधिकांश तराई क्षेत्रमा मौसम मुख्यतः सफा छ। गण्डकी प्रदेशका धेरै स्थान तथा कोशी र बागमती प्रदेशका केही स्थानमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहने सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ।
महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको जनाएको छ। साथै मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकीका तराई क्षेत्र, साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागका केही स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ।
लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ भने मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने चेतावनी दिइएको छ।
यता, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तातो दिनको अवस्था कायम रहने सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति पनि मौसम पूर्ण रूपमा खुल्ने सम्भावना नरहेको बताइएको छ। कोशी र मधेस प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। त्यस्तै लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभाग तथा सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
मौसमविद्हरूले चट्याङ, हावाहुरी र वर्षाबाट हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।
समाज
थप सामाग्री-
निर्यात अवरोधपछि नेपाली चिया उद्योग बन्द, हजारौं श्रमिक प्रभावित
-
तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित
-
पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सवबारे फैलिएको सूचना भ्रामक, संवाद सचिवालयको स्पष्टिकरण
-
२४ घण्टामै २,५३५ चालक कारबाहीमा : काठमाडौंका सडकमा बढ्दो अराजकता, ट्राफिकको कडा अभियानले देखायो गम्भीर चुनौती
-
`मृत्युको सडक’ विरुद्ध महाअभियान : व्यवहार परिवर्तन नै मुख्य चुनौती
मधेस प्रदेशमा “तस्करीको जालो ” तोड्दै काठमाडौं भित्रिए डीआईजी गोविन्द थपलिया
१९ घण्टा अगाडि
2.6kViews 170 Shares Share on Facebook Share on Twitter काठमाडौं । मधेस प्रदेश प्रहरी प्रमुख रहँदा अवैध तस्करी तथा आपराधिक…



