

देशभर १९औँ गणतन्त्र दिवस भव्य रूपमा मनाइँदै
काठमाडौँ । नेपालमा निरङ्कुश राजतन्त्रको अन्त्य भई सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनको स्मरणमा आज देशभर १९औँ गणतन्त्र दिवस भव्य रूपमा मनाइँदै छ ।
तत्कालीन सात राजनीतिक दलको शान्तिपूर्ण जनआन्दोलन र नेकपा (माओवादी) को सशस्त्र सङ्घर्षको पृष्ठभूमिमा २०६५ साल जेठ १५ गते निर्वाचित पहिलो संविधानसभाको ऐतिहासिक बैठकले २४० वर्ष लामो शाहवंशीय राजतन्त्रको अन्त्य गर्दै नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । नागरिक सर्वोच्चता स्थापित भएको सोही ऐतिहासिक दिनको सम्मानमा हरेक वर्ष जेठ १५ गतेलाई गणतन्त्र दिवसका रूपमा राष्ट्रिय उत्सवका रूपमा मनाइँदै आएको छ ।
गणतन्त्र दिवस मूल समारोह समितिको आयोजनामा आज सैनिक मञ्च, टुँडिखेलमा विशेष समारोह सम्पन्न हुँदैछ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्षलगायत उच्च पदस्थ व्यक्तित्वहरूको उपस्थिति रहनेछ । सो अवसरमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका तर्फबाट आकर्षक मार्चपास्ट तथा विविध सांस्कृतिक झाँकीहरू प्रदर्शन गरिने कार्यक्रम छ ।
दिवसका अवसरमा लोकतन्त्र स्थापना र सुदृढीकरणका लागि जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरिँदैछ । साथै, गणतन्त्र स्थापनाका लागि योगदान दिएका अग्रजहरूको त्याग, सङ्घर्ष र बलिदानको स्मरण पनि गरिएको छ ।
गणतन्त्र केवल राजनीतिक प्रणाली मात्र नभई नागरिक अधिकार, सहभागिता र उत्तरदायित्वमा आधारित आधुनिक शासन व्यवस्था भएको भन्दै यसले शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा र समावेशी अधिकारको सुनिश्चिततामा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरिएको छ ।
गणतन्त्रको १८ वर्ष पूरा भई १९औँ वर्षमा प्रवेश गरिरहँदा नागरिकका अपेक्षा अझ बढेका छन् । राजनीतिक अधिकार प्राप्तिपछि अब आर्थिक समृद्धि, सुशासन र जीवनस्तरमा सुधार ल्याउनु गणतन्त्रको प्रमुख चुनौतीका रूपमा देखिएको छ । विश्लेषकहरूका अनुसार उत्पादन वृद्धि, रोजगारी सिर्जना र भ्रष्टाचारमुक्त प्रशासनमार्फत मात्र गणतन्त्रको वास्तविक अनुभूति आम नागरिकसम्म पुर्याउन सकिनेछ ।
समाज
थप सामाग्री-
गणतन्त्र दिवसमा चार पत्रकार पुरस्कृत, कार्कीसहित विधागत सम्मान प्रदान
-
गणतन्त्र दिवस मूल समारोहमा ड्युटीका क्रममा सैनिक जवान बेहोस
-
आज जेठ १५ गते शुक्रबार,यस्तो छ तपाईको राशिफल
-
झापामा एशियन हाइवे निर्माणको नाममा कनकाई नदीमा अत्यधिक उत्खनन, नदीको प्राकृतिक स्वरूप जोखिममा
-
नारायणगढ वडा प्रहरी कार्यालयमाथि अनियमितता र आर्थिक लेनदेनका गम्भीर आरोप, निगरानी र जवाफदेहितामाथि प्रश्न
चार प्रहरी उपरीक्षक एसएसपीमा बढुवाका लागि सिफारिस
१ दिन अगाडि
1.9kViews 99 Shares Share on Facebook Share on Twitter काठमाडौं । गृह मन्त्रालय, बढुवा समितिको सचिवालयले नेपाल प्रहरीका चार जना…



