

२१ खर्ब २४ अर्बको बजेट सार्वजनिक, पूँजीगत खर्चमा ४ खर्ब ३१ अर्ब विनियोजन
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा उक्त आकारको बजेट प्रस्तुत गरेका हुन् ।
बजेटअनुसार चालु खर्चतर्फ १२ खर्ब ७० अर्ब रुपैयाँ विनियोजन गरिएको छ भने पूँजीगततर्फ ४ खर्ब ३१ अर्ब रुपैयाँ छुट्याइएको छ । वित्तीय व्यवस्थापनतर्फ ४ खर्ब २२ अर्ब रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री वाग्लेले जानकारी दिए ।
सरकारले आगामी आर्थिक वर्षमा १४ खर्ब ४ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । यस्तै वैदेशिक अनुदानतर्फ ६१ अर्ब ७४ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ भने वैदेशिक ऋणतर्फ २ खर्ब ४७ अर्ब रुपैयाँ जुटाइने बताइएको छ ।
बजेटको स्रोत व्यवस्थापनका लागि आन्तरिक ऋणबाट ४ खर्ब १० अर्ब रुपैयाँ उठाइने सरकारको योजना छ ।
सरकारले उत्पादन, रोजगारी, पूर्वाधार विकास तथा अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्यसहित बजेट ल्याइएको जनाएको छ ।
समाज
थप सामाग्री-
गणतन्त्र दिवसमा चार पत्रकार पुरस्कृत, कार्कीसहित विधागत सम्मान प्रदान
-
गणतन्त्र दिवस मूल समारोहमा ड्युटीका क्रममा सैनिक जवान बेहोस
-
आज जेठ १५ गते शुक्रबार,यस्तो छ तपाईको राशिफल
-
झापामा एशियन हाइवे निर्माणको नाममा कनकाई नदीमा अत्यधिक उत्खनन, नदीको प्राकृतिक स्वरूप जोखिममा
-
नारायणगढ वडा प्रहरी कार्यालयमाथि अनियमितता र आर्थिक लेनदेनका गम्भीर आरोप, निगरानी र जवाफदेहितामाथि प्रश्न
चार प्रहरी उपरीक्षक एसएसपीमा बढुवाका लागि सिफारिस
२ दिन अगाडि
1.9kViews 99 Shares Share on Facebook Share on Twitter काठमाडौं । गृह मन्त्रालय, बढुवा समितिको सचिवालयले नेपाल प्रहरीका चार जना…



