गणतन्त्र दिवसमा चार पत्रकार पुरस्कृत, कार्कीसहित विधागत सम्मान प्रदान
हेटौँडा । बागमती प्रदेश सरकारले गणतन्त्र दिवसको अवसरमा चार जना पत्रकारलाई विभिन्न विधागत पत्रकारिता पुरस्कारबाट सम्मान गरेको छ।
शुक्रबार हेटौँडामा आयोजित विशेष समारोहमा पत्रकार रामहरि कार्कीलाई संस्थागत पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। त्यस्तै नेपालखबरकी बागमती प्रदेश संवाददाता सुनिता विष्टलाई विकास पत्रकारिता पुरस्कार, नयाँ पत्रिका दैनिकका पोष्टराज अधिकारीलाई खोज पत्रकारिता पुरस्कार र रामेछापका पत्रकार युवराज श्रेष्ठलाई सुशासन पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको हो।
प्रदेश सरकारले पत्रकारितामार्फत गणतन्त्र, सुशासन, विकास निर्माण तथा नागरिकसम्म सूचना प्रवाहमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै उनीहरूलाई जनही ५० हजार रुपैयाँ नगदसहित सम्मान गरेको जनाएको छ।
संस्थागत पत्रकारिता पुरस्कारबाट सम्मानित कार्कीले लामो समयदेखि निष्पक्ष, जिम्मेवार र जनमुखी पत्रकारितामा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। उनले बागमती प्रदेश सरकारका नीति, योजना, विकास निर्माण तथा सुशासनसँग सम्बन्धित विषयलाई नागरिक सरोकारसँग जोडेर प्रभावकारी रूपमा प्रस्तुत गर्दै आएको बताइएको छ।
प्रदेश सरकारका गतिविधिलाई केवल समाचारका रूपमा मात्र नभई त्यसका प्रभाव, चुनौतीगणतन्त्र दिवसमा चार पत्रकार पुरस्कृत, कार्कीसहित विधागत सम्मान प्रदान
हेटौँडा । बागमती प्रदेश सरकारले गणतन्त्र दिवसको अवसरमा चार जना पत्रकारलाई विभिन्न विधागत पत्रकारिता पुरस्कारबाट सम्मान गरेको छ।
शुक्रबार हेटौँडामा आयोजित विशेष समारोहमा पत्रकार रामहरि कार्कीलाई संस्थागत पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। त्यस्तै नेपालखबरकी बागमती प्रदेश संवाददाता सुनिता विष्टलाई विकास पत्रकारिता पुरस्कार, नयाँ पत्रिका दैनिकका पोष्टराज अधिकारीलाई खोज पत्रकारिता पुरस्कार र रामेछापका पत्रकार युवराज श्रेष्ठलाई सुशासन पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको हो।
प्रदेश सरकारले पत्रकारितामार्फत गणतन्त्र, सुशासन, विकास निर्माण तथा नागरिकसम्म सूचना प्रवाहमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै उनीहरूलाई जनही ५० हजार रुपैयाँ नगदसहित सम्मान गरेको जनाएको छ।
संस्थागत पत्रकारिता पुरस्कारबाट सम्मानित कार्कीले लामो समयदेखि निष्पक्ष, जिम्मेवार र जनमुखी पत्रकारितामा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। उनले बागमती प्रदेश सरकारका नीति, योजना, विकास निर्माण तथा सुशासनसँग सम्बन्धित विषयलाई नागरिक सरोकारसँग जोडेर प्रभावकारी रूपमा प्रस्तुत गर्दै आएको बताइएको छ।
प्रदेश सरकारका गतिविधिलाई केवल समाचारका रूपमा मात्र नभई त्यसका प्रभाव, चुनौती र जनजीवनसँगको सम्बन्धलाई समेत उजागर गर्ने उनको शैलीले पत्रकारिताको विश्वसनीयता र प्रभावकारिता बढाएको मूल्याङ्कन गरिएको छ।
पुरस्कार ग्रहणपछि कार्कीले सम्मानले आफूलाई अझ जिम्मेवार र उत्तरदायी भएर काम गर्न प्रेरणा दिएको बताए। उनले पत्रकारिताको मर्यादा, विश्वसनीयता र जनविश्वासलाई केन्द्रमा राख्दै आगामी दिनमा पनि समाज र राज्यका सकारात्मक परिवर्तनका लागि निरन्तर कलम चलाइरहने प्रतिबद्धता व्यक्त गरे।
प्रदेश सरकारले यस कार्यक्रममार्फत पत्रकारिताको माध्यमबाट लोकतान्त्रिक अभ्यास, संस्थागत सुदृढीकरण र नागरिक–सरकार सम्बन्ध मजबुत बनाउन सञ्चारकर्मीहरूको भूमिकालाई सम्मान गरेको जनाएको छ। र जनजीवनसँगको सम्बन्धलाई समेत उजागर गर्ने उनको शैलीले पत्रकारिताको विश्वसनीयता र प्रभावकारिता बढाएको मूल्याङ्कन गरिएको छ।
पुरस्कार ग्रहणपछि कार्कीले सम्मानले आफूलाई अझ जिम्मेवार र उत्तरदायी भएर काम गर्न प्रेरणा दिएको बताए। उनले पत्रकारिताको मर्यादा, विश्वसनीयता र जनविश्वासलाई केन्द्रमा राख्दै आगामी दिनमा पनि समाज र राज्यका सकारात्मक परिवर्तनका लागि निरन्तर कलम चलाइरहने प्रतिबद्धता व्यक्त गरे।
प्रदेश सरकारले यस कार्यक्रममार्फत पत्रकारिताको माध्यमबाट लोकतान्त्रिक अभ्यास, संस्थागत सुदृढीकरण र नागरिक–सरकार सम्बन्ध मजबुत बनाउन सञ्चारकर्मीहरूको भूमिकालाई सम्मान गरेको जनाएको छ।
समाज
थप सामाग्री-
गणतन्त्र दिवसमा चार पत्रकार पुरस्कृत, कार्कीसहित विधागत सम्मान प्रदान
-
गणतन्त्र दिवस मूल समारोहमा ड्युटीका क्रममा सैनिक जवान बेहोस
-
आज जेठ १५ गते शुक्रबार,यस्तो छ तपाईको राशिफल
-
झापामा एशियन हाइवे निर्माणको नाममा कनकाई नदीमा अत्यधिक उत्खनन, नदीको प्राकृतिक स्वरूप जोखिममा
-
नारायणगढ वडा प्रहरी कार्यालयमाथि अनियमितता र आर्थिक लेनदेनका गम्भीर आरोप, निगरानी र जवाफदेहितामाथि प्रश्न
चार प्रहरी उपरीक्षक एसएसपीमा बढुवाका लागि सिफारिस
१ दिन अगाडि
1.9kViews 99 Shares Share on Facebook Share on Twitter काठमाडौं । गृह मन्त्रालय, बढुवा समितिको सचिवालयले नेपाल प्रहरीका चार जना…