प्रधानमन्त्री बालेनको दाबी : “नेपालले पनि भारतको जमिन धेरै ठाउँमा मिचेको तथ्य भेटियो”

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले नेपाल–भारत सीमा विवादबारे महत्वपूर्ण अभिव्यक्ति दिएका छन्। प्रतिनिधिसभाको बैठकमा सांसदहरूले लिपुलेक, लिम्पियाधुरा लगायतका सीमा क्षेत्रमा भएको अतिक्रमणबारे उठाएको प्रश्नको जवाफ दिँदै उनले नेपालले मात्र होइन, नेपालबाट पनि भारततर्फ सीमा अतिक्रमण भएको तथ्य आफू प्रधानमन्त्री बनेपछि जानकारीमा आएको बताएका हुन्।

सीमासम्बन्धी विषयमा सरकारको अध्ययनका क्रममा नयाँ तथ्यहरू फेला परेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले दुवै देशका तर्फबाट सीमा सम्बन्धी समस्या देखिएको बताए। उनले भने, “भारतले नेपालको जग्गा मात्र नभई, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको तथ्य प्रधानमन्त्री भएपछि जानकारीमा आएको छ।”

उनले सीमा विवादको वास्तविक अवस्था पहिचान गर्न नेपाल र भारतबीच संयुक्त अध्ययन आवश्यक रहेकोमा जोड दिए। सीमा क्षेत्रमा देखिएका समस्यालाई मित्रवत् ढंगले संवाद र सहकार्यमार्फत समाधान गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो।

प्रधानमन्त्री शाहका अनुसार कुन पक्षबाट कति भूभाग अतिक्रमण भएको छ भन्ने विषयमा विस्तृत प्राविधिक अध्ययन आवश्यक छ। त्यसपछि प्राप्त तथ्यका आधारमा दुवै देशबीच मैत्रीपूर्ण वार्तामार्फत समाधान खोजिनेछ।

यद्यपि, उनले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको भन्नेबारे कुनै स्पष्ट विवरण भने सार्वजनिक गरेनन्।

प्रधानमन्त्रीको यो अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ, किनकि नेपालका कुनै पनि प्रधानमन्त्रीले सार्वजनिक रूपमा नेपालबाट पनि भारततर्फ सीमा अतिक्रमण भएको हुनसक्ने कुरा स्वीकार गरेको सम्भवतः यो पहिलो घटना मानिएको छ। यसले नेपाल–भारत सीमा विवादबारे नयाँ बहस र राजनीतिक तथा कूटनीतिक चासो बढाउने अपेक्षा गरिएको छ।

Facebook Comments Box
डिएसपी कोपिला चुडालको प्रमुख आतिथ्यतामा शुभकामना आदान–प्रदान तथा कानुनी अनुशिक्षण कार्यक्रम सम्पन्न
१ दिन अगाडि

1.7kViews 265 Shares Share on Facebook Share on Twitter मनाङ । जिल्ला प्रहरी कार्यालय मनाङमा ‘गणतन्त्र दिवस २०८३’ को उपलक्ष्यमा…

TOP
284 Shares