

एसएसपी शान्तिराज कोइरालालाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी
काठमाडौँ । नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) शान्तिराज कोइरालाले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको छ।
उपत्यकाको बढ्दो सवारी चाप, ट्राफिक व्यवस्थापन, सडक सुरक्षा तथा ट्राफिक अनुशासन कायम गर्ने महत्वपूर्ण जिम्मेवारीसहित उहाँलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी प्रदान गरिएको हो।
प्रहरी संगठनभित्र व्यावसायिक, अनुशासित र परिणाममुखी अधिकृतका रूपमा परिचित एसएसपी कोइरालाले नयाँ जिम्मेवारीसँगै उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। ट्राफिक नियमको कार्यान्वयन, सडक दुर्घटना न्यूनीकरण तथा नागरिकमैत्री सेवा प्रवाहमा उहाँको नेतृत्व महत्वपूर्ण रहने विश्वास गरिएको छ।
यस अवसरमा विभिन्न क्षेत्रका व्यक्तित्व तथा शुभेच्छुकहरूले एसएसपी कोइरालालाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
उहाँको कार्यकाल सफल, प्रभावकारी र उपलब्धिमूलक रहोस् भन्ने कामना गर्दै काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन थप व्यवस्थित, सुरक्षित र प्रविधिमैत्री बन्ने अपेक्षा गरिएको छ।
समाज
थप सामाग्री-
शीतल निवासबाट चोरी भएको हात्तीको दाह्रा प्रकरणका ५ जना पक्राउ, दाह्रा र लागुऔषध बरामद
-
काठमाडौं उपत्यकामा १६ नयाँ विद्युतीय बस सञ्चालनमा, चक्रपथमा नियमित सेवा सुरु
-
तनहुँमा एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा ७ घाइते, एकको अवस्था गम्भीर
-
कोरला नाका हुँदै भित्रिएका ७५० विद्युतीय सवारीसाधन नियन्त्रणमा, भन्सार जाँच प्रक्रिया सुरु
-
सीमासम्बन्धी अभिव्यक्तिबारे प्रधानमन्त्री बालेन शाहले संसद्मा थप जवाफ नदिने
अध्ययन बिदा दुरुपयोग प्रकरण : ४१ प्राध्यापकबाट १० करोडभन्दा बढी रकम फिर्ता, असुली प्रक्रिया तीव्र
१७ घण्टा अगाडि
2.0kViews 328 Shares Share on Facebook Share on Twitter काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) बाट अध्ययन बिदा लिएर निर्धारित समयपछि…



