

आईजीपी दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा ‘एकीकृत ट्राफिक व्यवस्थापन प्रणाली तथा सडक सुरक्षा’ कार्यशाला सम्पन्न
काठमाडौं । काठमाडौं उपत्यकामा बढ्दो सवारी चाप, सडक सुरक्षाका चुनौती तथा प्रविधिमैत्री ट्राफिक व्यवस्थापन प्रणालीको विकासलाई केन्द्रमा राखेर आयोजित ‘एकीकृत ट्राफिक व्यवस्थापन प्रणाली (Integrated Traffic Management System) तथा सडक सुरक्षा’ सम्बन्धी उच्चस्तरीय एकदिवसीय कार्यशाला गोष्ठी सोमबार सम्पन्न भएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा आयोजित उक्त कार्यक्रमको उद्घाटन प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रमुख अतिथिका रूपमा गर्नुभएको थियो। कार्यक्रममा ट्राफिक व्यवस्थापनलाई आधुनिक, प्रभावकारी र प्रविधिमैत्री बनाउने विषयमा विज्ञ, सुरक्षा निकायका अधिकारी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूबीच गहन छलफल भएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै आईजीपी कार्कीले बढ्दो शहरीकरणसँगै ट्राफिक व्यवस्थापनका चुनौतीहरू पनि जटिल बन्दै गएको उल्लेख गर्दै आधुनिक प्रविधिको अधिकतम उपयोगमार्फत सुरक्षित, व्यवस्थित र नागरिकमैत्री यातायात प्रणाली निर्माण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले सडक सुरक्षालाई राष्ट्रिय प्राथमिकताको विषयका रूपमा अघि बढाउन सबै निकायबीच समन्वय र सहकार्य अपरिहार्य रहेको बताउनुभयो।
सोही अवसरमा आईजीपी कार्कीले ‘Traffic Police Mirror–2026’ को औपचारिक लोकार्पण गर्नुभयो। ट्राफिक प्रहरीका गतिविधि, उपलब्धि तथा भावी योजनाहरू समेटिएको उक्त प्रकाशन ट्राफिक व्यवस्थापन क्षेत्रको महत्वपूर्ण दस्तावेजका रूपमा रहने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रममा ‘Traffic Police Mirror–2026’ प्रकाशनमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्तिहरूलाई प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको थियो। सहभागीहरूले एकीकृत ट्राफिक व्यवस्थापन प्रणालीको प्रभावकारी कार्यान्वयन, स्मार्ट ट्राफिक प्रविधिको प्रयोग, दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षाका उपायहरूबारे आ-आफ्ना सुझाव प्रस्तुत गरेका थिए।
कार्यशालाले काठमाडौं उपत्यकामा सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री ट्राफिक व्यवस्थापनको आधार तयार गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
समाज
थप सामाग्री
अर्घाखाँची घटनामा अनुसन्धान त्रुटि पुष्टि, तत्कालीन डीएसपी मुकुन्द रिजालसहितमाथि कारबाही सिफारिस
११ घण्टा अगाडि
1.8kViews 303 Shares Share on Facebook Share on Twitter अर्घाखाँची — तीन वर्षअघि अर्घाखाँचीमा भएको एक घटनालाई “भवितव्य मृत्यु” भनेर…



