रवि लामिछानेको भारत भ्रमण: भाजपा नेतासँग राजनीतिक भेटवार्ता हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत भ्रमणका क्रममा भारतीय जनता पार्टी (भाजपा) का शीर्ष नेताहरूसँग राजनीतिक भेटवार्तामा सहभागी हुने भएका छन् ।

भाजपाको निमन्त्रणामा भारत पुगेका लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले आज नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा पार्टी अध्यक्षसहित उच्च तहका नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

भेटवार्तामा दुई देशका लोकतान्त्रिक शक्ति, दलगत अनुभव आदान–प्रदान, राजनीतिक सहकार्यका सम्भावना तथा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल हुने जनाइएको छ ।

भ्रमणलाई दुवै देशबीचको राजनीतिक संवाद र आपसी समझदारी विस्तार गर्ने अवसरका रूपमा हेरिएको छ ।

Facebook Comments Box
TOP
157 Shares