

सम्पत्ति छानबिनको दायरामा प्रहरीका उच्च अधिकारी : एसएसपीदेखि आईजीपीसम्मको सम्पत्ति जाँचिने
काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकृतहरूको सम्पत्ति छानबिन गर्ने भएको छ। आयोगको कार्यादेश (टिओआर) अनुसार प्रहरी र सशस्त्र प्रहरीका वरिष्ठ तहका अधिकारीहरूको सम्पत्ति विवरण विस्तृत रूपमा अध्ययन गरिने भएको हो।
आयोगका सदस्य तथा पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) गणेश केसीका अनुसार नेपाल प्रहरीमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) देखि प्रहरी महानिरीक्षक (आईजीपी) सम्मका बहालवाला अधिकारीहरूको सम्पत्ति छानबिन हुने छ। यस्तै, प्रहरी नायब उपरीक्षक (डीएसपी) र प्रहरी उपरीक्षक (एसपी) मध्ये जिल्ला वा इकाइ प्रमुखका रूपमा काम गरिसकेका अधिकृतहरू पनि छानबिनको दायरामा पर्नेछन्।
सशस्त्र प्रहरी बलका हकमा पनि एसएसपीदेखि आईजीपीसम्मका अधिकृतहरूको सम्पत्ति अध्ययन गरिने आयोगले जनाएको छ।
तर, नेपाली सेनाका बहालवाला अधिकारीहरू भने आयोगको छानबिन दायरामा नपर्ने व्यवस्था गरिएको छ। त्यस्तै, बहालवाला न्यायाधीशहरू पनि बाहिर राखिएको भन्दै समान मापदण्डको विषयमा प्रश्न उठ्न थालेको छ।
यस्तै राष्ट्रपति, उपराष्ट्रपति, पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वराजा, पहिलो पटक सांसद वा मन्त्री बनेका व्यक्ति तथा संवैधानिक आयोगका पदाधिकारीहरू पनि प्रत्यक्ष छानबिनको दायरामा नपर्ने व्यवस्था गरिएको छ।
आयोगले भने आफ्नो कार्यक्षेत्रभन्दा बाहिरका व्यक्तिका सम्बन्धमा उजुरी आएमा सम्बन्धित निकायमा पठाइने स्पष्ट पारेको छ।
सरकारले आर्थिक वर्ष २०६२/०६३ देखि २०८१/०८२ सम्म सार्वजनिक पदमा बसेका उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न आयोग गठन गरेको हो।
गत वैशाख २ गते मन्त्रिपरिषद्को निर्णयअनुसार पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा आयोग गठन गरिएको हो। आयोगमा पूर्वन्यायाधीश चण्डीराज ढकाल, पुरुषोत्तम पराजुली, पूर्वडीआईजी केसी र चार्टर्ड एकाउन्टेन्ट प्रकाश लम्साल सदस्य रहेका छन्।
समाज
थप सामाग्री-
शीतल निवासबाट चोरी भएको हात्तीको दाह्रा प्रकरणका ५ जना पक्राउ, दाह्रा र लागुऔषध बरामद
-
काठमाडौं उपत्यकामा १६ नयाँ विद्युतीय बस सञ्चालनमा, चक्रपथमा नियमित सेवा सुरु
-
तनहुँमा एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा ७ घाइते, एकको अवस्था गम्भीर
-
कोरला नाका हुँदै भित्रिएका ७५० विद्युतीय सवारीसाधन नियन्त्रणमा, भन्सार जाँच प्रक्रिया सुरु
-
सीमासम्बन्धी अभिव्यक्तिबारे प्रधानमन्त्री बालेन शाहले संसद्मा थप जवाफ नदिने
अध्ययन बिदा दुरुपयोग प्रकरण : ४१ प्राध्यापकबाट १० करोडभन्दा बढी रकम फिर्ता, असुली प्रक्रिया तीव्र
१० घण्टा अगाडि
1.9kViews 328 Shares Share on Facebook Share on Twitter काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) बाट अध्ययन बिदा लिएर निर्धारित समयपछि…



