तनहुँमा एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा ७ घाइते, एकको अवस्था गम्भीर

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मनहरीमा आज बिहान एम्बुलेन्स र मिनी ट्रक एकापसमा ठोक्किँदा सात जना घाइते भएका छन्। दुर्घटनामा एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

पोखराबाट दमौलीतर्फ जाँदै गरेको ग१ख ५६५९ नम्बरको मिनी ट्रक र विपरीत दिशाबाट आउँदै गरेको लु.प्र.०१–००१ झ ००४६ नम्बरको एम्बुलेन्स ठोक्किँदा एम्बुलेन्समा सवार छ जना र ट्रक चालकसहित सात जना घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक दीपककुमार कार्कीका अनुसार घाइतेमध्ये २५ वर्षीया अन्जना बुढा मगरको अवस्था गम्भीर छ।

घाइते हुनेमा एम्बुलेन्स चालक रोल्पाको थवाङ गाउँपालिका–२ का २४ वर्षीय कुशल परियार, ६१ वर्षीया जुनराखी बुढा मगर, २५ वर्षीया अन्जना बुढा मगर, तीन वर्षीय युवान बुढा मगर, पूर्वी रुकुम भुमे गाउँपालिका–७ की ३६ वर्षीया चिजामाया घर्ती र ६० वर्षीया धनप्रसाद बुढा मगर रहेका छन्। ट्रक चालक पनि घाइते भएका छन्।

घाइतेहरूको उपचार दमौलीस्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments Box
अध्ययन बिदा दुरुपयोग प्रकरण : ४१ प्राध्यापकबाट १० करोडभन्दा बढी रकम फिर्ता, असुली प्रक्रिया तीव्र
१० घण्टा अगाडि

1.8kViews 328 Shares Share on Facebook Share on Twitter काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) बाट अध्ययन बिदा लिएर निर्धारित समयपछि…

TOP
162 Shares