सम्पत्ति छानबिन आयोगको कार्यक्षेत्रबारे नयाँ व्यवस्था, केही उच्च पदहरू बाहिर रहने

 

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारको प्राथमिकतामा रहेको सम्पत्ति छानबिन आयोगले आफ्नो कार्यक्षेत्रबारे नयाँ व्यवस्था गर्ने तयारी गरेको छ।

 

प्रस्तावअनुसार सर्वोच्च अदालतका प्रधानन्यायाधीश, न्यायाधीश, संवैधानिक निकायका बहालवाला पदाधिकारी, नेपाली सेना तथा पहिलो पटक सांसद र मन्त्री बनेका पदाधिकारीहरूको सम्पत्ति छानबिन आयोगको दायरामा नपर्ने व्यवस्था गरिने भएको छ।

 

आयोगको उद्देश्य उच्च सरकारी तथा राजनीतिक तहमा रहेको सम्पत्तिको पारदर्शिता सुनिश्चित गर्नु भए पनि संवैधानिक मर्यादा, संस्थागत स्वतन्त्रता र कानुनी सीमालाई ध्यानमा राख्दै केही पदाधिकारीहरूलाई छुट दिइने प्रस्ताव अघि सारिएको बताइएको छ।

 

यस सम्बन्धमा अन्तिम निर्णय भने कानुनी संरचना र कार्यविधि तयार भएपछि मात्रै स्पष्ट हुने जनाइएको छ।

 

 

Facebook Comments Box
अध्ययन बिदा दुरुपयोग प्रकरण : ४१ प्राध्यापकबाट १० करोडभन्दा बढी रकम फिर्ता, असुली प्रक्रिया तीव्र
१० घण्टा अगाडि

1.8kViews 328 Shares Share on Facebook Share on Twitter काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) बाट अध्ययन बिदा लिएर निर्धारित समयपछि…

TOP
280 Shares