काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयद्वारा सचिव कर्ण पक्राउ, केही घण्टापछि रिहा

काठमाडौं । अवकाशको मुखमा रहेका सचिव कृष्णहरि पुष्कर कर्णलाई प्रहरीले पक्राउ गरी केही घण्टा राखेर रिहा गरेको छ।

बिहीबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई काठमाडौंको कपनस्थित निवासबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार उपराष्ट्रपतिको कार्यालयमा कार्यरत कर्णले प्रधानमन्त्री कार्यालयतर्फ भेटको प्रयास गरेका थिए। भेट हुन नसकेपछि उनले प्रधानमन्त्रीलाई मुख्यसचिव बनाउन माग गर्दै धम्कीपूर्ण भाषा प्रयोग गरिएको एसएमएस पठाएको आरोप छ।

उक्त एसएमएसपछि प्रधानमन्त्रीको सचिवालयको निर्देशनमा उनलाई नियन्त्रणमा लिइएको स्रोतले जनाएको छ। पछि उनलाई सोही दिन केही घण्टापछि रिहा गरिएको बताइएको छ।

कर्ण आगामी असारमा अवकाशमा जाने तयारीमा छन्। यस्तै हालका मुख्यसचिव सुमनराज अर्याल पनि असारमै अवकाशमा जाँदैछन्। अर्यालभन्दा कर्ण करिब एक सातापछि अवकाशमा जाने बताइएको छ।

प्रशासनिक स्रोतका अनुसार मुख्यसचिव बन्ने सम्भावना पद रिक्तता र सरकारको निर्णयमा निर्भर हुने भए पनि वर्तमान परिस्थितिमा त्यसका लागि अनुकूल अवस्था नरहेको बताइन्छ।

Facebook Comments Box
भ्रष्टाचार मुद्दामा ‘फास्ट ट्र्याक’ सुनुवाइ र बिचौलिया सक्रियताको चर्चा, विशेष अदालतमा सेटिङको आरोप
९ घण्टा अगाडि

2.4kViews 498 Shares Share on Facebook Share on Twitter वीरगंज। भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट छिटो सफाइ पाउने उद्देश्यले निलम्बित गाउँपालिका…

TOP
164 Shares