

सगरमाथामा ७ दिन हराएका दावा शेर्पा जीवितै फेला परेको दाबी, घस्रिँदै आधारशिविरतर्फ फर्किएको अवस्थामा उद्धार
काठमाडौँ । सगरमाथा क्षेत्रमा सात दिनदेखि हराइरहेका आरोही दावा शेर्पा जीवितै फेला परेको दाबी गरिएको छ। खुम्बु आइसफल क्षेत्रको क्र्याम्पन पोइन्ट नजिक उनी आफैँ घस्रिँदै आधारशिविरतर्फ फर्किरहेको अवस्थामा आज बिहान उद्धार गरिएको सगरमाथा प्रदूषण नियन्त्रण समितिका कामदारहरूले बताएका छन्।
हेलिकप्टरमार्फत तेस्रो शिविर आसपाससम्म व्यापक खोजी गरिए पनि अघिल्लो दिनसम्म उनको कुनै पत्ता लाग्न सकेको थिएन। तर आज बिहान उनी अत्यधिक चिसो, कमजोर अवस्था र हिउँले प्रभावित औँलासहित फेला परेका हुन्।
उद्धार टोलीका अनुसार लामो समय हिउँमा अलपत्र परेका कारण उनका शरीरका विभिन्न भागमा चिसोको असर देखिएको छ। तत्काल उनलाई आधारशिविर ल्याई प्रारम्भिक उपचार गरिएको छ।
यस घटनाले हिमाल आरोहणको जोखिम, उद्धार प्रणालीको प्रभावकारिता र जिम्मेवारीबारे पुनः प्रश्न उठाएको छ। आरोही सुरक्षाका नाममा शुल्क असुल्ने तर आपत्कालीन अवस्थामा प्रभावकारी उद्धार सुनिश्चित गर्न नसक्ने अवस्था प्रति सरोकारवालामाथि आलोचना पनि भएको छ।
यस्तै, सम्बन्धित ट्रेकिङ तथा व्यवस्थापन कम्पनीहरूको जिम्मेवारी र सम्भावित लापरबाहीबारे छानबिन हुनुपर्ने माग समेत उठेको छ।
अधिकारीहरूले घटनाको यथार्थ विवरण र उद्धार प्रक्रियाबारे थप जानकारी संकलन भइरहेको जनाएका छन्।
समाज
थप सामाग्री-
सरकारी निर्णयविरुद्ध पत्रकार महासङ्घ आक्रामक, दबाबमूलक आन्दोलनको घोषणा
-
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको नेतृत्वमा एसएसपी सुरेश काफ्ले, विवादपछि शान्तिराज कोइरालाको सरुवा बदर
-
एसएसपी रमेश थापाको काठमाडौं परिसर नेतृत्व अवधि सम्पन्न, प्रहरी प्रधान कार्यालयमा सरुवा
-
एआईजी हिमालय कुमार श्रेष्ठद्वारा नेपाल प्रहरी स्कुल शान्तिपुर, चितवनको निरीक्षण तथा अन्तरक्रिया सम्पन्न
-
भ्रष्टाचार मुद्दामा ‘फास्ट ट्र्याक’ सुनुवाइ र बिचौलिया सक्रियताको चर्चा, विशेष अदालतमा सेटिङको आरोप
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयद्वारा सचिव कर्ण पक्राउ, केही घण्टापछि रिहा
८ घण्टा अगाडि
1.4kViews 164 Shares Share on Facebook Share on Twitter काठमाडौं । अवकाशको मुखमा रहेका सचिव कृष्णहरि पुष्कर कर्णलाई प्रहरीले पक्राउ…



