

आजको मौसम : पहाडमा वर्षा, तराईमा तातो लहरको जोखिम
काठमाडौं । नेपालमा हाल उपल्लो वायुमण्डलमा सक्रिय पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभावका कारण देशका विभिन्न क्षेत्रमा मौसममा परिवर्तन देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना रहँदा तराईका केही भूभागमा तातो लहरको प्रभाव कायम रहनेछ।
हाल कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशसहित अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहेको छ भने तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा तथा मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ।
यता, मधेस र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा मध्यम स्तरको तातो लहर चल्ने सम्भावना रहेको छ। साथै कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा ‘तातो दिन’ रहने पूर्वानुमान गरिएको छ। महाशाखाले अत्यधिक गर्मीबाट बच्न आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
आज राति भने कोशी प्रदेशसहित हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने पहाडी भूभाग तथा मधेस प्रदेशमा आंशिक बदली रहने अनुमान गरिएको छ। कोशी प्रदेशका केही स्थान तथा मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
मौसमविद्हरूका अनुसार आगामी केही दिन पहाडी क्षेत्रमा वर्षा र तराईमा गर्मी दुवैको प्रभाव देखिन सक्ने भएकाले दैनिक जनजीवन, कृषि तथा यातायातमा सतर्कता अपनाउनुपर्ने अवस्था रहेको छ।
समाज
थप सामाग्री-
सरकारी निर्णयविरुद्ध पत्रकार महासङ्घ आक्रामक, दबाबमूलक आन्दोलनको घोषणा
-
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको नेतृत्वमा एसएसपी सुरेश काफ्ले, विवादपछि शान्तिराज कोइरालाको सरुवा बदर
-
एसएसपी रमेश थापाको काठमाडौं परिसर नेतृत्व अवधि सम्पन्न, प्रहरी प्रधान कार्यालयमा सरुवा
-
एआईजी हिमालय कुमार श्रेष्ठद्वारा नेपाल प्रहरी स्कुल शान्तिपुर, चितवनको निरीक्षण तथा अन्तरक्रिया सम्पन्न
-
भ्रष्टाचार मुद्दामा ‘फास्ट ट्र्याक’ सुनुवाइ र बिचौलिया सक्रियताको चर्चा, विशेष अदालतमा सेटिङको आरोप
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयद्वारा सचिव कर्ण पक्राउ, केही घण्टापछि रिहा
९ घण्टा अगाडि
1.5kViews 164 Shares Share on Facebook Share on Twitter काठमाडौं । अवकाशको मुखमा रहेका सचिव कृष्णहरि पुष्कर कर्णलाई प्रहरीले पक्राउ…



