एआईजी हिमालय कुमार श्रेष्ठद्वारा नेपाल प्रहरी स्कुल शान्तिपुर, चितवनको निरीक्षण तथा अन्तरक्रिया सम्पन्न

चितवन । नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभाग प्रमुख एआईजी हिमालय कुमार श्रेष्ठले नेपाल प्रहरी स्कुल शान्तिपुर, चितवनको निरीक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्नुभएको छ।

भौतिक पूर्वाधार निर्देशनालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) राम कुमार चौधरीको विशेष उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा विद्यालयको समग्र शैक्षिक, प्रशासनिक तथा भौतिक अवस्थाको विस्तृत अवलोकन गरिएको थियो।

कार्यक्रमअन्तर्गत सर्वप्रथम कक्षा ४ र ५ का अभिभावकहरूसँग अन्तरक्रिया गरिएको थियो। सो अवसरमा अभिभावकहरूले उठाएका गुनासा, सुझाव तथा जिज्ञासाहरू सुन्नुका साथै सम्बन्धित विषयमा आवश्यक सम्बोधन गरिएको विद्यालय प्रशासनले जनाएको छ।

निरीक्षणका क्रममा एआईजी श्रेष्ठले विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी तथा प्रहरी कर्मचारीहरूलाई शैक्षिक गुणस्तर अभिवृद्धि, अनुशासन, सेवा प्रवाह तथा समग्र व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन आवश्यक निर्देशन दिनुभएको थियो।

त्यसैगरी उहाँले विद्यालय परिसर, भवन तथा भौतिक पूर्वाधारहरूको अवस्थाको अवलोकन गर्दै आवश्यक सुधार, विस्तार तथा व्यवस्थापनका विषयमा समेत सुझाव प्रदान गर्नुभएको जनाइएको छ।

कार्यक्रमलाई विद्यालयको शैक्षिक वातावरण सुदृढ गर्ने तथा पूर्वाधार विकासलाई थप व्यवस्थित बनाउने दिशामा महत्वपूर्ण मानिएको छ।

Facebook Comments Box
भ्रष्टाचार मुद्दामा ‘फास्ट ट्र्याक’ सुनुवाइ र बिचौलिया सक्रियताको चर्चा, विशेष अदालतमा सेटिङको आरोप
९ घण्टा अगाडि

2.3kViews 498 Shares Share on Facebook Share on Twitter वीरगंज। भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट छिटो सफाइ पाउने उद्देश्यले निलम्बित गाउँपालिका…

TOP
435 Shares