

एसएसपी रमेश थापाको काठमाडौं परिसर नेतृत्व अवधि सम्पन्न, प्रहरी प्रधान कार्यालयमा सरुवा
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंमा करिब आठ महिनाको नेतृत्व सम्हालेपछि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापा प्रहरी प्रधान कार्यालयमा सरुवा भई पदस्थापन भएका छन्।
मिति २०८२ असोज ५ गतेदेखि परिसर प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थापा बिहिवार (२०८३ जेठ २१) बाट प्रहरी प्रधान कार्यालयमा सरुवा भएका हुन्।
एसएसपी रमेश थापाले आफ्नो कार्यकालको समापन अवसरमा उनले प्रहरी महानिरीक्षक दान बहादुर कार्कीप्रति आभार व्यक्त गर्दै प्राप्त जिम्मेवारी, मार्गनिर्देशन र नेतृत्वका लागि धन्यवाद ज्ञापन गरेका छन्। साथै उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षकसहित सम्पूर्ण वरिष्ठ अधिकृत तथा सहकर्मीप्रति पनि उनले कृतज्ञता व्यक्त गरेका छन्।
एसएसपी थापाले आफ्नो कार्यकालमा ‘हाम्रो प्रहरी’ अभियानअन्तर्गत समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाइएको उल्लेख गर्दै नागरिक–प्रहरी सम्बन्धलाई अझ सुदृढ बनाउन योगदान पुगेको बताएका छन्।
उनका अनुसार भदौ महिनापछि उत्पन्न परिस्थितिपछि काठमाडौंको शान्ति सुरक्षालाई पुनः सामान्य अवस्थामा फर्काउने, निर्वाचन सुरक्षा व्यवस्थापन, राष्ट्रियस्तरका क्रिकेट प्रतियोगिताको सफल सुरक्षा व्यवस्थापन, तथा अनधिकृत बसोबास हटाउने जस्ता चुनौतीपूर्ण जिम्मेवारीहरू सफलतापूर्वक सम्पन्न गरिएको हो।
उनले उक्त कार्यमा साथ र सहयोग गर्ने प्रहरी कर्मचारी, स्थानीय तह, जिल्ला सुरक्षा समिति, नागरिक समाज, सञ्चारमाध्यम तथा विभिन्न पेशा–व्यवसायमा संलग्न सबैप्रति धन्यवाद व्यक्त गरेका छन्।
काठमाडौं परिसरमा आफ्नो कार्यकाल व्यवसायिक निष्ठा र समन्वयात्मक ढंगले सम्पन्न भएको उल्लेख गर्दै उनले प्रहरी संगठन र नागरिकबीचको सहकार्य अझ मजबुत भएको धारणा राखेका छन्।
समाज
थप सामाग्री-
पदोन्नति भएका ४४ प्रहरी अधिकृतलाई आईजीपी कार्कीद्वारा दर्ज्यानी चिन्ह सुशोभन, बढ्यो जिम्मेवारी
-
सरकारी निर्णयविरुद्ध पत्रकार महासङ्घ आक्रामक, दबाबमूलक आन्दोलनको घोषणा
-
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको नेतृत्वमा एसएसपी सुरेश काफ्ले, विवादपछि शान्तिराज कोइरालाको सरुवा बदर
-
एसएसपी रमेश थापाको काठमाडौं परिसर नेतृत्व अवधि सम्पन्न, प्रहरी प्रधान कार्यालयमा सरुवा
-
एआईजी हिमालय कुमार श्रेष्ठद्वारा नेपाल प्रहरी स्कुल शान्तिपुर, चितवनको निरीक्षण तथा अन्तरक्रिया सम्पन्न
भ्रष्टाचार मुद्दामा ‘फास्ट ट्र्याक’ सुनुवाइ र बिचौलिया सक्रियताको चर्चा, विशेष अदालतमा सेटिङको आरोप
९ घण्टा अगाडि
2.3kViews 498 Shares Share on Facebook Share on Twitter वीरगंज। भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट छिटो सफाइ पाउने उद्देश्यले निलम्बित गाउँपालिका…



