

पश्चिमी न्यून चापीय रेखाको प्रभाव : पहाडी क्षेत्रमा वर्षा, तराईमा तातो दिनको सम्भावना
काठमाडौँ । नेपालमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको छ। यसका कारण देशका विभिन्न भूभागमा मौसममा परिवर्तन देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहेको छ भने तराईका अधिकांश भूभागमा मौसम मुख्यतया सफा रहेको छ। बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहने तथा तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। कोशी, लुम्बिनी र कर्णाली प्रदेशसहित देशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा तथा तराईका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
यस्तै, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो दिनको अवस्था रहने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।
आज राति कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ भने मधेस, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान छ। कोशी प्रदेशका केही हिमाली क्षेत्र तथा मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
मौसममा हुने सम्भावित परिवर्तनलाई ध्यानमा राख्दै वर्षा तथा चट्याङ्गको जोखिम रहेका क्षेत्रमा आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।
समाज
थप सामाग्री-
एआईजी सरुवा रोकिँदा प्रहरी संगठनमा बढ्यो असन्तुष्टि, जिम्मेवारी हेरफेरको पर्खाइमा वरिष्ठ अधिकारी
-
काठमाडौँ महानगरद्वारा विश्व वातावरण दिवसमा ४४९ बिरुवा रोपण, हरियाली प्रवर्द्धनमा जोड
-
भोजपुरमा सांसद ध्रुवराज राईविरुद्ध ६ सय बाँदर मारेको आरोपमा उजुरी, अनुसन्धानको माग
-
एसपी रुपेश खड्का धनुषा प्रहरी प्रमुखमा, शान्ति सुरक्षामा सुधारको अपेक्षा
-
ललितपुर प्रहरी परिसरबाट एसएसपी होबिन्द्र बोगटीको बिदाइ, सफल कार्यकालको प्रशंसा
आजको राशिफल : पाथीभरा माताले रक्षा गरुन
५ घण्टा अगाडि
1.8kViews 274 Shares Share on Facebook Share on Twitter मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ) आज…



