एसपी रुपेश खड्का धनुषा प्रहरी प्रमुखमा, शान्ति सुरक्षामा सुधारको अपेक्षा

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय धनुषाको नेतृत्वमा प्रहरी उपरीक्षक (एसपी) रुपेश खड्कालाई खटाएको छ।

धनुषाका तत्कालीन प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अमेन्द्र बहादुर सिंह एसएसपी पदमा बढुवा भएपछि रिक्त रहेको नेतृत्वमा एसपी खड्कालाई पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रहरी प्रधान कार्यालयको निर्णयअनुसार अब जिल्ला प्रहरी कार्यालय धनुषाको कमाण्ड एसपी रुपेश खड्का ले सम्हाल्नेछन्। उनी यसअघि लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङमा कार्यरत थिए।

खड्काको आगमनसँगै धनुषा जिल्लामा शान्ति सुरक्षा सुदृढीकरण, अपराध नियन्त्रण तथा प्रहरी सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

Facebook Comments Box
TOP
261 Shares