आजको राशिफल : पाथीभरा माताले रक्षा गरुन

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)

आज इच्छाशक्ति र आत्मविश्वास बढ्नेछ। सुरु गरेका कामहरू छिट्टै सम्पन्न हुनेछन् भने समयको सदुपयोगबाट राम्रो लाभ मिल्नेछ। साथीभाइ तथा आफन्तको साथ र सहयोग प्राप्त हुनेछ। मान–सम्मान र प्रतिष्ठा बढ्ने योग छ। परिवारसँग आत्मीयता बढ्नेछ भने प्रेम सम्बन्ध अझ मजबुत बन्नेछ। नयाँ वस्त्र तथा स्वादिष्ट भोजनको आनन्द मिल्न सक्छ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)

व्यापार तथा व्यवसायका सिलसिलामा लामो दूरीको यात्रा हुन सक्छ। पर्यटन, यात्रा तथा व्यापारिक क्षेत्रबाट लाभ मिल्ने सम्भावना छ। धार्मिक तथा शैक्षिक गतिविधिमा सहभागिता जनाउँदा राम्रो उपलब्धि हासिल हुनेछ। प्रेम सम्बन्धमा मधुरता बढ्नेछ। अनुसन्धान तथा खोजमूलक कार्यमा सफलता मिल्नेछ भने मनोरञ्जन र खानपानमा पनि समय बित्नेछ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)

कामको चाप बढे पनि स्वास्थ्यप्रति सचेत रहन आवश्यक छ। खानपान र वातावरणको विशेष ध्यान दिनुहोला। व्यापारमा लगानी गर्नुअघि राम्रो तयारी गर्नु उचित हुनेछ। प्रेम सम्बन्ध सामान्य रहनेछ। गोपनीयता भंग हुने वा आफन्तसँग विवाद बढ्ने सम्भावना छ। साँझपछि अध्ययन, यात्रा तथा धार्मिक कार्यमा सफलता प्राप्त हुनेछ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)

व्यापारमा लगानी बढाएर राम्रो आम्दानी गर्न सकिनेछ। राजनीति तथा प्रशासनिक क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूका लागि समय अनुकूल छ। अध्ययनमा रुचि बढ्नेछ र अपेक्षित नतिजा प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ भने दाम्पत्य जीवनमा समझदारी बढ्नेछ। साँझपख यात्रा वा सवारी प्रयोग गर्दा सावधानी अपनाउनुहोला।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)

पुराना विवाद समाधान हुनेछन्। कानुनी वा न्यायिक विषयमा सफलता मिल्ने संकेत छ। अध्ययनमा उत्कृष्ट नतिजा प्राप्त हुनेछ। प्रेम सम्बन्ध प्रगाढ बन्नेछ र जीवनसाथीको सहयोगबाट महत्वपूर्ण काम सम्पन्न गर्न सकिनेछ। रोग, ऋण तथा समस्यामाथि विजय प्राप्त गर्ने क्षमता बढ्नेछ। व्यापारबाट पनि लाभ मिल्नेछ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)

आफ्नो ज्ञान र क्षमताको सही उपयोग गर्न सकिने दिन छ। बौद्धिक प्रतिस्पर्धामा सफलता हात पर्नेछ। प्रियजनबाट उपहार वा भौतिक सुख–सुविधा प्राप्त हुने सम्भावना छ। सन्तानको सहयोगले महत्वपूर्ण काम बन्नेछन्। अध्ययन वा कामका लागि लामो दूरीको यात्रा हुन सक्छ। प्रविधिको प्रयोगबाट आफ्ना विचार प्रभावकारी रूपमा प्रस्तुत गर्न सकिनेछ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)

प्रेम सम्बन्धमा विश्वास बढ्नेछ। परिवारभित्र विशेषगरी आमासँग सामान्य मनमुटाब हुन सक्छ। राजनीति तथा समाजसेवामा संलग्न व्यक्तिहरूले व्यवहारमा सन्तुलन कायम गर्नुपर्ला। स्वास्थ्यमा विशेष ध्यान दिनुहोस्, छातीसम्बन्धी समस्या वा खर्च बढ्न सक्छ। साँझपछि कृषि तथा पशुपालनबाट राम्रो आम्दानी हुने सम्भावना छ। सन्तानको प्रगतिले खुशी मिल्नेछ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)

सानो प्रयासले पनि राम्रो सफलता प्राप्त गर्न सकिनेछ। प्रतिस्पर्धीहरू कमजोर बन्नेछन्। प्रेम सम्बन्धमा नजिकियत बढ्नेछ र साथीहरूको सहयोगले काम बन्नेछन्। रोकिएका कामहरू अघि बढ्नेछन्। अध्ययनमा सुधार आउँदा सफलता नजिक पुगिनेछ। साँझपख सवारी साधन तथा घरजग्गाको कारोबार गर्दा सावधानी अपनाउनु उपयुक्त हुनेछ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)

बुद्धिमत्तापूर्वक चुनौतीहरूलाई अवसरमा बदल्न सकिनेछ। प्रेम सम्बन्ध बलियो बन्नेछ भने जीवनसाथीको सहयोगबाट उत्पादनमूलक कार्यमा सफलता मिल्नेछ। पारिवारिक जमघट तथा भोजभतेरमा सहभागी हुने अवसर प्राप्त हुनेछ। कला, मनोरञ्जन तथा फिल्म क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूले नाम र दाम दुवै कमाउन सक्ने योग छ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)

राजनीति तथा समाजसेवामा जनसमर्थन प्राप्त हुनेछ। व्यापार व्यवसायमा उन्नति भई आर्थिक अवस्था मजबुत बन्नेछ। प्रेम सम्बन्धमा भावनात्मक निकटता बढ्नेछ। अध्ययनमा मन लाग्ने भएकाले राम्रो नतिजा प्राप्त हुनेछ। सहयोगी व्यक्तिहरूको साथ पाउँदा मन प्रसन्न रहनेछ। खेलकुद तथा साहसिक गतिविधिमा पनि सफलता मिल्नेछ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)

वैदेशिक यात्रा वा विदेशसँग सम्बन्धित अवसर प्राप्त हुन सक्छ। विदेशी सामानको व्यापारबाट लाभ मिल्नेछ। काम गर्दा सावधानी अपनाउनु आवश्यक छ, गलत व्यक्तिमाथि विश्वास गर्दा नोक्सानी हुन सक्छ। प्रेम सम्बन्धमा मतभेद बढ्न सक्ने सम्भावना छ। स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ र उपचार खर्च बढ्न सक्छ। साँझपछि यात्रा, खानपान तथा मनोरञ्जनमा रमाइलो समय बित्नेछ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)

प्रियजनसँगको भेटघाटले मन प्रसन्न रहनेछ। परिवारका आवश्यकताहरू पूरा गर्न सकिनेछ। व्यापार व्यवसायमा प्रगति हुने संकेत छ। साथीभाइसँग रमाइलो भेटघाट तथा स्वादिष्ट भोजनको अवसर मिल्नेछ। पैतृक सम्पत्तिबाट आम्दानीका नयाँ स्रोत सिर्जना गर्न सकिनेछ। साँझपख यात्रा गर्दा सावधानी अपनाउनुहोस्, लामो दूरीको यात्रा केही कष्टकर हुन सक्छ।

तपाईंको दिन शुभ, सुखद र सफल रहोस्। 🌸🙏

Facebook Comments Box
TOP
274 Shares